Loading...
काठमाडौं, ८ साउन । प्रधानमन्त्रीलाई ‘मानसिक सन्तुलन गुमाएको’ भन्ने नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहलाई देशनिकाला गर्न माग उठेको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल देश निकाला गर्न माग गरेको हो ।
‘सिंहले जनताको सर्वाेच्च संस्था संसदमा सम्माननीय प्रधानमन्त्रीको अपमान गरेका छन्’ अनेरास्ववियका सचिव आरसी लामिछानेले भनेका छन्- ‘भारतीय एजेन्ट अमरेश सिंहले संसदमा दिएको अभिब्यक्तिप्रति खेद व्यक्त गर्दछौं । सिंहलाई तत्काल देश निकाला गर्न माग गर्दछौं ।’
सांसद सिंहले शनिबार संसदको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मानसिक सन्तुलन गुमाएको’ भनेका थिए । त्यसलगत्तै संसदमा एमालेका सांसदहरुले नियमापत्ती जनाएका थिए ।
Loading...

Social Buttons