Latest News

विजय गच्छदारले ओली सरकार छाडे, राजीनामा बुझाउन बालुवाटारमा

काठमाडौं, ८ साउन । विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको छ ।
शनिबार राजधानीमा बसेको फोरमका शीर्ष नेताहरुको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको मूख्य सचेतक योगेन्द्र चौधरीले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष एवं वर्तमान सरकारका उपप्रधानमन्त्री विजय गच्छदार आफूहित आफ्ना मन्त्रीको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बालुवाटारमा गच्छदारले प्रम केपी ओलीलाई राजीनामा बुझाउनेछन् ।
फोरम लोकतान्त्रिकबाट ओली सरकारमा गच्छदार उपप्रधानमन्त्री थिए भने रामजनम चौधरी स्वास्थ्यमन्त्री थिए ।
बैठकले व्यवस्थापिका संसदमा सरकारविरुद्ध प्रस्तुत अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।
Loading...