Loading...
काठमाडौं, १७ साउन । भारतीय ग्यास बुलेट ढुवानी व्यवसायीको दबाबमा आपूर्ति मन्त्रालयले नेपाली नम्बर प्लेटको एलपी ग्यास ढुवानी गर्ने बुलेट खरिद प्रक्रियामा रोक लागाएको छ । साउन ४ गते नेपाली नम्बर प्लेटको बुलेट खरिद गर्ने विषयमा नेपाल आयल निगमले अनुमतिपत्र दिएलगत्तै मन्त्रालयले आफूखुसी साउन ५ गते बुलेट प्रक्रियामा रोक लागाएको हो ।
मन्त्रालयले ग्यास बोक्ने बुलेट सञ्चालनसम्बन्धी विनिमयावली नभएको कारण देखाउँदै खरिद प्रत्रि,यामा रोक लगाएको हो । मन्त्रालय उच्च स्रोतका अनुसार बुलेट सञ्चालनसम्बन्धी विनियमावलीको बाहनामा मन्त्रालयका जिम्मेवार अधिकारी र भारतीय बुलेट व्यवसायीको प्रभावमा उक्त खरिद प्रक्रिया रद्द गरिएको हो ।
भारतीय ढुवानी व्यवसायीसंघका अध्यक्ष सतिश शर्माको नेतृत्वमा भारतबाट आएका बुलेट व्यवसायीको दबाबमा मन्त्रालयका जिम्मेवार अधिकारीले नेपाली नम्बर प्लेटको बुलेट खरिद प्रक्रियामा रोक लगाएका हुन् । अध्यक्ष शेर्पा करिब १० दिनदेखि राजधानीको सोल्टी होटलमा बस्दै आएका छन् । भारतका सातवटा ढुवानी व्यावसायीका सात सय बुलेट भघाडामा लिएर नेपालका उद्योगपतिले भारतको चारवटा रिफयनरी केन्द्रबाट ग्यास आयत गर्दै आएका छन् । यसबाट भारतीय व्यवसायीले ढुवानी खर्चबापत नेपालबाट वार्षिक दुई अर्ब ७५ करोड रुपैसा भुक्तानी लिँदै आएका छन् । अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ
Loading...
Social Buttons