Loading...
मनलाग्दी बोल्दै पछि ‘मलाई ज्यानको खतरा भयो’ भन्दै हिँडेका छन्, कांग्रेस सांसद अमरेशकुमार सिंह । साझेदार दल माओवादी केन्द्रले नै ओली सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि सदनमा तर्क बितर्क चले । त्यसक्रममा प्रधानमन्त्री केपी ओलीलाई ‘मानसिक सन्तुलन’ सँग जोडेर आपत्तिजनक शब्द प्रयोग गर्ने अमरेशले केपी ओलीका एकजना लडाकुबाट राम्रै जवाफ भेट्टाएपछि अत्तालिएका छन् ।
साउन ८ गते संसदमा अविश्वास प्रस्तावबारे आफ्नो धारणा राख्ने क्रममा अमरेशले प्रधानमन्त्रीलाई अशिष्ट शैलीमा मानमर्दन गरेका थिए । त्यसविरुद्ध तत्कालै एमाले सांसदहरूले नियमापत्ति जनाए र सभामुख ओनसरी घर्तीले अमरेशको बोली संसदको रेकर्डबाट इरेज गर्न आदेश दिइन् । तर, एमाले केन्द्रीय खेलकुद विभागमा रहेका ओलीपक्षधर युवा पिताम्बर तिम्सिनाले ९ गते बिहान १० बजेर ५५ मीनेट जाँदा टेलिफोनमा अमरेशलाई भने, ‘तिमीले जे बोल्यौ, त्यसको भारी मूल्य चुकाउनुपर्ला । ख्याल गरेर बोल्ने गर ।
मुख छ भन्दैमा जथाभावी बोल्न पाइँदैन ।’ जवाफमा अमरेशले ‘म सदनमा छु यार, पछि कुरा गर्छु’ भनेर टार्दै थिए । ‘तिमीसँग अघि(पछि मलाई कुरा गर्नुछैन, आफ्नो मुख आफैं सम्हाल्ने भए सम्हाल, नत्र हाम्रा साथीले तिम्रो मुख सम्हाल्नुपर्ने अवस्था आउला !’ भन्न त पिताम्बरले राम्रैसँग भने, तर अमरेशले पिताम्बरको प्रतिवादन गरेनन् ।
बरु, आफूमाथि एमाले कार्यकर्ताहरूबाट थ्रेट आएको भन्दै सुरक्षा निकायमा राम्रैसँग विज्ञापन गर्न भ्याए ।
पिताम्बरले भने, ‘ऊ र म पुरानो साथी हौँ । नेपालदेखि अमेरिकासम्म सँगै घुमेको, हिँडेको मान्छे । अरु बेला पनि यस्तै यस्तै कुरा चल्छ । त्यसमाथि मेरो पार्टीको अध्यक्षमाथि उसले गम्भीर लाञ्छना लगाउँदा चुप लागेर बस्ने कुरा आउँदैन ।
उसले बोलेको कुराको प्रतिवाद गरेकै हुँ । पार्टीको सिपाही हुनुका नाताले त्यो मेरो दायित्व पनि हो ।’ तर, पिताम्बरले आफूले अमरेशलाई धम्क्याउने वा कुनै किसिमले उनलाई त्रस्त बनाउने नियत नभएको बताए । ‘यस्तो काम अमरेशबाहेक अरु जोसुकैले गरेको भए पनि पार्टी कार्यकर्ताको नाताले प्रतिवाद गर्नै पथ्र्यो । त्यसमाथि अमरेशजस्तो मान्छेले त्यसो भनेपछि साथीकै नाताले पनि सचेत गराउनु आफ्नो कर्तव्य ठानेँ
Loading...
Social Buttons