Latest News

माओवादीमा हानाहानको अवस्था माओवादीमा तिब्र असन्तुििष्ट ;प्रचण्ड तनाबमा

काठमाडौं, १७ साउन । प्रचण्डलाई अनेक आरोप लगाउँदै फुटेका र केही समयअघि मात्रै पुरानो घर फर्किएका बादल समूह र प्रचण्डबीच पार्टी एकता भए पनि मन भने अझै मिल्न सकेको रहेनछ ।

मुखले एकता भए पनि मन र वचनले भने अझै यी दुई पक्षबीच एकता हुन सकेको रहेनछ भन्ने गतिलो उदाहरण २०७३ साउन १५ गते शनिबार पेरिस डाँडामा मज्जैले पटाक्षेप भयो । माओवादीनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको ३ नम्बर प्रदेशको साउन १५ गते शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजना गरिएको एकता भेलामा दुई पार्टी एकता भए पनि मन भने मिल्न नसकेको तथ्य सतहमै देखापरेको हो ।

दुई पक्षबीच विवाद हुँदा साउन १५ गते शनिबार अलिकतिले मात्रै अप्रिय घटना हुनबाट जोगिएको छ । स्रोतका अनुसार प्रेस सेन्टरको ३ प्रदेशको भेलामा दुवै पक्ष संयोजक आफ्नो समूहले पाउनु पर्ने भन्दै प्रस्तुत भएका थिए ।

दुवै पक्ष को भन्दा को कमको शैलीमा प्रस्तुत भएपछि विवाद चर्किन पुगेको थियो । ‘दुई पक्षका पत्रकारले संयोजकमा आ–आफ्नो दाबी पेस गरेपछि पेरिस डाँडामा हात हालाहालको अवस्था सिर्जना हुन लागेको थियो,’ स्रोतले भन्यो, ‘तर, अन्तिममा बादल पक्षका पत्रकारलाई अघि सारिएपछि विवाद केही साम्य बनाइएको छ ।’ साँघु साप्ताहिकमा खबर छ ।

Loading...