Loading...
काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध नेकपा माओवादी केन्द्रले ल्याएको अविश्वासको प्रस्ताव ‘फेल’ गराएका छन् ।
सरकारबाट समर्थन फिर्ता लिँदै नेकपा माओवादीले गत असार २९ गते व्यवस्थापिका संसदमा नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।
प्रस्ताव दर्ता गराउने माओवादी केन्द्रसँग ‘बदला’ लिँदै नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले राजीनामा दिएर ११ दिनपछि उक्त प्रस्ताव ‘फेल’ गराएका हुन् ।
संसद सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि प्रस्ताव दर्ता गराउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाध्य भएर अविश्वासको प्रस्ताव फिर्ता लिएका छन् ।
अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादीले कांग्रेससँग मिलेर ओली सरकारले ल्याएको बजेटसम्बन्धी तीन वटा अर्थविधेयक ‘फेल’ गराएको थियो । माओवादीले अर्थ विधेयक फेल गरिदिएपछि ओलीले अविश्वासको प्रस्तावै फेल गराएर ‘बदला’ लिएको विश्लेषण गरिन थालिएको छ ।
एमालेका एक नेता भन्छन्- ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षज्यूले एक तिरले दुई निशाना लगाउनुभयो । संसदबाट आफ्ना कुरा जनतालाई स्पष्टसँग भन्नुभयो । माओवादीलाई नांगेझार पारेर अविश्वासको प्रस्ताव फिर्ता लिन बाध्य पार्नुभयो ।’
Loading...

Social Buttons