Loading...
बागलुङ, ९ साउन । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बागलुङकी कोषाध्यक्ष गीता शर्मा नेकपा एमालेमा फिर्ता हुनुभएको छ ।
बागलुङमा भएको स्वागत तथा पत्रकार सम्मेलनमा माओवादी केन्द्रकी कोषाध्यक्ष शर्माले पुनः एमालेमा प्रवेश गर्नुभएको हो ।
वि.स २०७० असोजमा तत्कालिन एमाले प्रतिनिधि परिषद सदस्य ऋषिराम शर्मा सहित उहाँले एमाले त्याग गरी तत्कालिन एकीकृत माओवादीमा प्रवेश गर्नुभएको थियो । राजनैतिक र सामाजिक सेवाका क्रियाकलहरु नेपालको वामपन्थी आन्दोलनको नेतृत्व र जनताको भावनाको प्रतिनिधित्व नेकपा एमाले पार्टीले मात्र गर्न सक्ने भएकाले पुरानै पार्टीमा फिर्ता भएको उहाले बताउनुभएको छ । शर्माले आफू पुरानै फुलबारीको माली बन्न आएको धारणा राख्दै एमालेको साथ कहिलै नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थी राजनीतिक देखि नै एमालेमा क्रियाशिल रहनुभएकी शर्मा पार्टी त्याग गर्ने समयमा तत्कालिन नेकपा एमाले प्रतिनिधि परिषद सदस्य, अनेमसंघकी अध्यक्षका साथै पुष्पलाल स्मृति प्रतिष्ठानको उपाध्यक्ष समेत रहनुभएको थियो ।
शर्मालाई स्वागत गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा धौलागिरी इन्चार्ज गणेश तिमिल्सीनाले एमालेप्रतिको विश्वासलाई कायम राखी फर्कनुभएकी शर्मा बिचार, सिद्धान्त एवं निष्ठाको उदाहरण भएको बताउनुभयो । पार्टी भित्रको अन्तरविरोधलाई संयमता अपनाउदैँ आत्मनिर्णयलाई प्राथमिकता दिनुपर्ने भन्दै राष्ट्रिय राजनीतिको विश्वास र एकता कायम राख्नुपर्नेमा जोड दिनुभयो । अविश्वासको प्रस्तावकदेखि हिजोसम्म क्याबिनेटमा गएर सरकारको समर्थन फिर्ता लिनेहरुले क्षणिक स्वार्थ र कुर्चीको खेलका लागी मात्रै फोहोरी राजनीतिको खेल खेलेको टिप्पणी गर्नुभयो । वर्तमान समयमा नैतिकताको खडेरी परेका बेला आजको घोषणाले समाजमा नैतिकवान व्यक्ति पनि छन् भन्ने गतिलो उदाहरण पेश गरेको तिमिल्सिनाको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसी, गोविन्द नेपाली, नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम नेकपा एमाले बागलुङका अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता, सचिवालय सदस्य डिल्लीराज गौतमको स्वागत मन्तव्य र बिष्णु भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।
Loading...

Social Buttons