Latest News

विप्लवले भने,‘ओलीको मुल्य घटेर प्रचण्ड र देउवा नामक दलालको व्यापार वृद्धि भएको छ’


काठमाडौं, ८ साउन । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनताको भावनामाथि खेलवाड नगर्न चेतवानी दिएका छन् । गणतन्त्रिक खेलकुद महासंघले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

‘जनताको भावनामाथि खेलवाड गरिरहने संसदवादीका विरुद्ध जलजलाको पहाडमा मात्रै होईन काठमाडौंका गल्लिहरुमा बन्दूक बोक्न तयार छौं,’ उनले भने ।

वर्तमान सरकारलाई जनता लुट्ने सरकार भन्दै उनले संसदीय व्यवस्थालाई मान्छे बेच्ने कम्पनीको संज्ञा दिए । ‘अहिलेको सरकार जनता लुट्ने साधनको रुपमा प्रयोग हुँदै आएको छ,’ उनले भने,‘संसदवादी पार्टी मान्छे बेच्ने कम्पनीको रुपमा स्थापीत भएका छन् ।’
वर्तमान राजनीतिक बजारमा प्रचण्डको मुल्य महगो भएको भएको उनको भनाई थियो ।

‘अहिलेको राजनीतिक शेयर बजारमा केपी ओलीको मुल्य घटेर प्रचण्ड नामक दलाल र देउवा नामक दलालको व्यापार वृद्धि भएको छ,’ उनले भने,‘ जरैबाट यो राज्यलाई फाल्ने बेला आएको छ ।’

विप्लवले अहिलेको संसदवादी दलहरुलाई नौ महिले कमिसनमा लागेको समेत आरोप लगाए ।

‘अहिलेको संसदवादी दलहरु नौ महिने कमिशनमा लागेका छन्,’ उनले भने,‘घरमा आगो लगाएर खसि बेच्नेहरुको हालीमुहाली भएको छ ।’
Loading...