Loading...
निर्माण सञ्चार, समाचार टिप्पणी । पछिल्लो चरणमा नेपालका राजनीतिक दलहरुमा अनौठो ध्रुवीकरण छाउको छ । सायद इतिहासमै देश संकट परेका बेला महुमत दलहरु ‘चुप’ बस्नुको सत्य तथ्यको खोजी कसैले गर्ला कि !
सप्तरीमा भारतीय पक्षले गरेको नाँगो हस्तक्षेप विरुद्ध अहिलेसम्म न त नेपाली काँग्रेसले मुख खोलेको छ न माओवादी केन्द्रले नै । अचम्म त के छ भने वैद्य नेतृत्वको माओवादीदेखि डा. बाबुरामा भट्टराईको नयाँ शक्तिसम्मले सप्तरीको दशगजामा नेपालीलाई घाइते बनाइएको विषयबारे त मुखै खोलेका छैनन् ।
तर हिजोको १० बर्से युद्धकालीन तस्वीर सम्झने हो भने ‘अब्बल’ क्रान्तिनायक बन्नेहरु सायद सत्ताको खेलमा व्यस्त भएकाले दशगजा र डुबेको तराई हेर्ने फुर्सद कति पनि छैन होला !
दलहरुको यो रहस्यमय मौनतालाई तपाई हामीले कसरी लिने ?
यतिसम्म कि अघि-पछि मधेसलाई स्वर्ग नै बनाउँछु झैं आन्दोलनको आगो बाल्नेहरु, मधेसका नाउँमा दिल्लीदेखि विहार धाउन जति लागिपरे, त्यति नै यतिबेला मधेसका जनता बाढीले घरबास विहीन हुँदा बोलिदिएको भए, के खेर जान्थ्यो होला र ?
आगो बाल्नका लागि मात्रै हो मधेस ?
यतिबेला जनाताले सोधिरहेका छन् यस्तो गम्भीर प्रश्न ! सप्तरीको दशगजामा मधेसका जनताले भारतीय दमन विरुद्ध गरेको प्रतिकार भौतिक, मनोवैज्ञानिक र ऐतिहासिक हिसाबले सबैभन्दा महँगो मूल्यको प्रतिकार हो भन्ने कसले बुझ्ला त यतिबेला ?
एमालले खोल्यो मुख, तिलाठी घटनाको घोर निन्दा नेकपा एमालेको आज बसेको एक वैठकले सप्तरीको तिलाठीमा भारतीय पक्षबाट नेपालीमाथि भएको आक्रमणको निन्दा गरेको छ ।
सोही क्षेत्रको ‘दशगजा’ मा एकतर्फी रुपमा भारतले एकलौटी रुपमा बनाएको बाँध र सडकबारे दीर्घकालीन समाधान खोज्न सम्बन्धित पक्षसँग माग गरेको छ । भारतीय थिचोमिचोको प्रतिकार गर्दा झडप भएको थियो । सो क्रममा १२ जना नेपाली घाइते भएका छन् ।
जसमध्ये ६ जनाको टाउको फुटेको छ । घाइते हुनेमा तिलाठी गाविस–४ निवासी ५६ वर्षीय देवनारायण यादव, वडा नं ७ का १५ वर्षीय रोशन झा, १६ वर्षीय हर्षधन कर्ण र १५ वर्षीय सञ्जीव झा, वडा नं ८ का ३५ वर्षीय सुशील यादव तथा ३५ वर्षीय शङ्कर यादव रहेको प्रहरी चौकी तिलाठीका प्रहरी नायव निरीक्षक पुगेन्द्र आङ्देम्बेले बताए ।
सप्तरीवासीको प्रण— ‘मर्न तयार छौं, नेपाली भूमी मिच्न दिन्नौं’ को नेतृत्व गर्ला कसले ?
देव नारायण यादव अहिले मधेसी उत्पीडित जनाताको अनौठो संगम बनेका छन् ।
यी यस्ता जनताका प्रतिनिधि पात्र हुन्, जसले केन्द्रीय राज्यसत्ताले हेर्ने गरेको ‘धोती’ को उत्पीडन, मधेसमै बसेर मधेसकै नाउँमा राजनीति नाउँको बिजनेस गर्दै १२ महिना सत्तामा रहने ‘मधेसका–मठाधीश’हरुअवसरवादी उत्पीडनको मार खप्ने पात्र, जसले दशगजा पारी बसेर ढुंगा हाने पनि सहनु परेको छ, नाकाबन्द गराएर ‘हामीले गरेको हौं, के गर्छाै’ भन्दै हप्की–दप्की लगाउँदा पनि सुन्नै परेको छ, र अहिले बाढी–पहिरोले आहत पारिरहेको घाउमा मल्हम लगाउनु त कता हो कता, ‘रोटीबेटी’ को नाउँमा उसकै स्वार्थ लादिरहँदाको असहज परिस्थितिको युगौदेखिको उत्पीडनको प्रकट रुप बन्न पुगेका छन् देवनारायण यादवहरु ।
दशगजा क्षेत्रमा भएको यो विद्रोह एक रातमा घटेको घटना हो र ? कुनै आवेगको क्षणिक रौद्रता मात्रै लिन मिल्ला र ?
ऐतिहासिक विश्लेषणको ठोस मूल्यांकनका आधारमा भुसको आगो जस्तो राजनीतिक–सामाजिक साँस्कृतिक उत्पीडनभित्र सल्केको यो मनोविज्ञानको सही दिशा के हुन सक्छ ? सोचेको छ कसैले ?
भारत एकपक्षीय बाँध नलगाउन सहमत
हो, यस्तो क्रुद्ध ‘सोसल साइकोलोजी’का पछाडि त केही सत्य र तथ्यहरु छन् । हिजो उनीहरुले प्रतिकार गरेकै कारण आज भारत एक पक्षीय हिसाबले बाँध नबनाउने ठाउँमा त पुगको छ नि । स्थानीय जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग पटक पटक गरेको सहमति तोड्दै बाँध र बाटो बनाउँदै आएको भारत हिजो यिनै जनताको प्रतिकार पछि आफू पछि नै हटेको त छ नि ।
एमालेले दिने पीडतलाई २५—२५ हजार सहयोग
बाढी पहिरोबाट पीडित परिवारलाई पार्टीको ‘प्राकृतिक विपत्ति राहत कोष’ बाट २५—२५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि आवश्यक पहल गर्न र उक्त रकम अविलम्ब पीडितहरु समक्ष पुर्याउनका लागि पार्टीका सम्बन्धित जिल्ला कमिटीहरुलाई परिचालित हुन निर्देशन समेत दिएको छ ।
लाभका पदमा रहेका सदस्यहरुबाट ५ हजार लिने
पीडितलाई दिने सचिवालय बैठकले मानवीय संवेदनशीलतालाई ख्याल गर्दै पीडितहरुको राहतका लागि पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापिका संसदका सदस्यहरु तथा पार्टीको सिफारिसमा राजनीतिक नियुक्ति पाएकाहरुबाट प्रतिव्यक्ति ५ हजार रुपियाँ लिने ‘प्राकृतिक विपत्ति राहत कोष’ मा जम्मा गर्दै पीडित जनातालाई सहयोग गर्ने निर्णय समेत गरेको छ ।
सहयोगको अपिल
एमालेले जनातालाई दुखिरहेको बेला देश विदेशमा जहाँ रहेको भएपनि उक्त कोषमा आर्थिक सहयोग गर्न अपिल गरेको छ । पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा हास्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘देश तथा प्रवासमा रहेका पार्टी कमिटी तथा सदस्यहरु, जनवर्गीय, पेशागत तथा सामुदायीक संघ—संस्थाहरु, विभिन्न वर्ग र पेशाका जनसमुदायहरु जनतालाई परेको मर्कामा सहयोग गर्न हार्दिक अपिल गरिएको छ ।
कुन खातामा जम्मा गर्ने ?
सहयोगी हातहरुले रकम जम्मा गर्नका लागि ‘नेकपा (एमाले) प्राकृतिक विपत्ति राहत कोष’ नाममा कृषि बिकास बैंक, कालिमाटी शाखामा चल्ती खाता— ०२१०३००७१७९१७०१० मा रकम जम्मा गर्न अपिल गरेको प्रचार विभाग उपप्रमु्ख सूर्य थापाले बताए ।
बाडीपहिरोमा परेकाको उद्धार तथा राहतका लागि माग
पार्टी महासचिव ईश्वर पोखरेलको नेतृत्व बसेको सो वैठकले बाढी पहिरोमा परी ज्यान गुमाएका परिवार जनलाई उचित बास तथा राहतको माग गर्दै घाइते भएकोलाई अविलम्ब उपचारका लागि सरकारसँग माग गरेको छ ।
सबैतिर सहयोगको प्रबन्ध गर्न सम्बन्धित जिल्ला कमिटी र पार्टी कार्यकर्ता परिचालित हुन निर्देशन समेत दिएको प्रचार विभाग उपप्रमुख थापाले निर्माण सञ्चारलाई बताए ।
Loading...
Social Buttons