Latest News

अबको १८ महिना मुलुक कांग्रेसको नेतृत्वमा चल्छः गगन थापा ; माओवादीलाई झट्का

साउन १५
भक्तपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन भएपनि अबको १८ महिना मुलुक नेपाली कांग्रेस नेतृत्वमा चल्ने समेत थापाले बताए ।
प्रचण्डको नेतृत्वमा सरकार भएपनि आम नागरीकले उक्त समयमा मुलुकको नेतृत्व कांग्रेसमा रहेको बुझ्ने थापाको दाबी छ ।
नेपाली कांग्रेस नगरकोट नगरसमितिले शनिबार खरिपाटीमा आयोजना गरेको ‘संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विशेष अवस्थामा पार्टी सरकारमा जान लागेकाले केपी ओली नेतृत्वको सरकारले दिएको चुनौती पुरा गर्न सक्ने व्यक्तिलाई पार्टीले सरकारमा पठाउनु पर्ने समेत बताए ।
उनले भने ‘व्यक्तिवादी र क्षेत्रगत स्वार्थ बोकेको मानिसलाई सरकारमा नपठाउन समेत हामीले सभापतिलाई भनेका छौँ ।’
कांग्रेस राष्ट्रबादी पार्टी भएकाले कसैलेपनि राष्ट्रभक्तिको लाइसेन्स दिइ रहनु नपर्ने धारण समेत थापाले व्यक्त गरे ।
‘दुई देशको बीचमा रहेको नेपालले कसरी आफ्नो भूमिका छिमेकीसंग निभाउनु पर्छ भन्ने हामीलाई थाहा छ’, थापाले भने ।
यहि साउन १९ गने नेपालले ३९ औ प्रधानमन्त्रीको रुपमा माओवादी केन्द्रका अध्यक्ष पचण्डलाइए प्रधानमन्त्रीको रुपमा पाउने थापाले बताए ।
उनले भने ‘अब बन्ने सरकारले २०७३ चैतमा स्थानिय र सम्भव भएसम्म २०७४ जेठमा प्रान्त र केन्द्रयी निर्वाचन गर्छ’ ।
यदि जेठमा प्रान्त निर्वाचन नभए त्यसपछि दुवै निर्वाचन गरेर माघ ७ गते पछि आउने रिक्ततालाई अन्त्य गर्ने दाबी समेत थापाको रहेको छ ।
कार्यक्रममा नेपाल महिला संघकी अध्यक्ष डिला संग्रौला, सांसद रामेश्वर ढुंगेल, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा लगायतले कांग्रेसको नेतृत्वमै संविधान आएकाले त्यसको कार्वान्यन गर्न समेत पार्टी अग्रसर हुनु पर्नेमा जोड दिए ।
ratopati
Loading...