Latest News

नारायणकाजीले भने– भारतले हामीसँग झमेला गर्यो


काठमाडौं, १४ साउन– डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भारत भ्रमणमा सहभागी रेहका पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले संयुक्त वक्तव्यमा भारतले झमेला निकालेको सुनाए ।

संयुक्त मस्यौदाको ढाँचामा भारतले नेपालगञ्जमा महाबाणिज्य दूतावास खोल्ने प्रस्ताव गरेको व्यहोरो समेट्न आग्रह गरेको, तर नेपालले नमानेको उनले बताए ।
‘त्यसपछि भारतीय पक्षले १९५० को सन्धिका बारेमा केही उल्लेख नगरौं भन्यो । हामीले मानेनौं । पश्चिम नेपालमा डुबानको समाधानका बारेमा उल्लेख गरौं भन्ने हाम्रो कुरा उनीहरुले मानेनन्’, मदन भण्डारी फाउण्डेशनले राजधानीमा गरेको कार्यक्रममा श्रेष्ठले भने, ‘तर, हामी प्लेन चढिसकेपछि भारतीयहरुले हाम्रो भनाइअनुसार विज्ञप्ति जारी गरौं भने, हामीले सहमति जनायौं ।’
पूर्वमन्त्री श्रेष्ठले भूराजनीतिक परिस्थितिको व्यवस्थापन राम्रो भएन भने राष्ट्रको अस्तित्व संकटमा पर्ने चेतावनी दिए । ‘भारतले सुक्ष्म व्यवस्थापन रोक्नुपर्छ ।
१९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ’, उनले भने, ‘सीमा समस्या समाधान गर्नुपर्छ । आर्थिक हितसँग सम्बन्धित विषयमा हामी ठगिएका छौं, त्यसलाई करेक्सन गरेर जानुपर्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Loading...