Loading...
काठमाडौं, १ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतको चाहना अनुसार सरकार परिवर्तन भएको बताएका छन् । राजधानीमा शुक्रबार रफत सञ्चार क्लबले आयोजनामा गरेको साक्षात्तकार कार्यक्रममा बोल्दै बिजुक्छेले भारतको निर्देशनमा नेपाली काँग्रेसका सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार परिवर्तन गरेको दाबी गरेका छन् । ‘अहिलेको परिस्थितिमा कुनै पनि मुद्दा विना नै माओवादीले किन सत्तागठबन्धनलाई धोखा दियो त भन्दा विदेशी प्रभुको रिमोटबाट प्रचण्डजी चलाइएका हुन्, अरु कुनै कारणले सकार ढाल्न खोजिएको हैन,’ नेता विजुक्छेको भनाइ थियो । मुलुकको आवश्यकताले भन्दा पनि भारतको चाहनाले सरकार परिवर्तन भएको उनको दबी छ । बिजुक्छेंले चीनका राष्ट्रपतिको नेपाल भ्रमण तय भए त्यसले नेपाल र नेपालीको हितमा हुन सक्ने ठानेर भारतले देउवा र प्रचण्डलाई गोटी बनाएको नेता विजुक्छेले दाबी गरे । विजुक्छेले भने, ‘चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने विषयले नेपालको दूरगामी विकास हुने र नेपाल आत्मनिर्भर हुने, त्यसले भारतको नाकै काटिएजस्तो हुने भएकाले भारतले चीनसँग भएका सबै सहमति र सम्झौताहरु ओझेलमा पार्ने षडयन्त्रकै निरन्तरताका रुपमा वर्तमान ओली सरकार ढालिएको हो ।’ उनले नयाँ सरकारले चीनसँग गरिएका सम्झौताको कार्यान्वयन नगरे यसबाट ठूलो क्षति बेहुर्नुपर्ने बताउँदै उनले थपे, ‘आउने सरकारले यदि चीनसँगको सहमति अनुसार काम अघि बढाएन भने थाह हुने छ कि यो सरकार कसको बाउले बनाएको रहेछ,’ आक्रोसित मुद्रामा विजुक्छेले भने । नेता विजुक्छेले सभामुख ओनसरी घर्तीको भूमिकामासमेत प्रश्न गर्दै भने, ‘वर्तमान सभामुख ओनसरी घर्ती निवासमा काँग्रेस र माओवादी केन्द्रका नेताहरुको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिनु र चलखेल हुनुले सभामुखको निष्पक्ष र तटष्ठतामा विश्वास कसरी हुन सक्छ ?
Loading...
Social Buttons