Latest News

सत्ताको खेलमा लागेर देशलाई दुर्घटनामा लैजान खोजे : पौडेल


काठमाडौं, साउन १ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलहरु सत्ताको खेलमा लागेर देशलाई दुर्घटनामा लैजान खोजेको आरोप लगाएका छन् ।

शनिबार चक्रमान डंगोल स्मृति प्रतिष्ठानले राजधानीमा गरेको कार्यक्रममा उनले सत्ताका लागि नभइ व्यवस्थाका लागि दलहरुबीच एकता हुनुपर्ने बताए ।

संविधान कार्यान्वयनलाई पन्छाएर दलहरु सत्ताको चलखेलमा लागे मुलुकमा संकट थपिने उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले सबै दल मिलेर अगाडि बढ्नुको विकल्प नभएको पनि बताए ।

कार्यक्रममा समाजसेवी चक्रमान डंगोल स्मृति विशेष पुस्तकको विमोचनसमेत गरिएको थियो ।
Loading...