Latest News

अहिलेको बजेट जनताको पक्षमा छैन: गगन थापा


संविधानलाई दलहरुले मजाक बनाए
अछामः नेपाली कांग्रेसका युवा नेता गगन थापाले लामो प्रयासपछि जारी गरिएको नेपालको नयाँ संविधानलाई अन्य राजनीतिक दलहरुले मजाकको विषय बनाएको बताएका छन् । 

अछामको क्षेत्र नं. २ ले विनायक बजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

‘अहिलेको अवस्था भनेको संविधान कार्यनवन्य प्रक्रयालाई अगाडी बढाएर जनतालाई संविधानको आभास गराउनु जरुरी छ’, उनले भने, ‘तर अहिले विभिन्न बहानामा जनतालाई सास्ती दिँदै तनाव उत्पन्न गराउनु राम्रो होइन ।’

एमाले नेतृत्वको सरकारले मिठा सपना मात्र बाँडेको बताउँदै थापाले ती सपना साकार गर्न धेरै गाहा्रे भएको बताए । फरक प्रसङगमा उनले अहिलेको बजेट अपेक्षाकृत राम्रो आएपनि जनताको पक्षमा नभई सरकारको पक्षमा मात्र भएको टिप्पणी गरे । 

कार्यक्रमको प्रमूख अतिथि थापाले मधेसी दल सम्मिलित २९ दलीय गठबन्धनले गरेको आन्दोलनको कुनै अर्थ नभएको बताए । मधेसका जनतासँग प्रत्यक्षरुपमा आफुले भेटको र मधेसका दलले उठाएको मद्दासँग मधेसका जनताको भावना नसमेटिएको पनि उनको जिकिर थियो । 

आफू अहिले सुदूरपश्चिमको भ्रमणमा रहेकाले यहाँको विकास निर्माणमा आफ्नो गम्भीर चासो भएको बताए । उनले सुदूरपश्चिमको विकासका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने पनि प्रतिबता ब्यतm गरे । 
Annapurnapost.com
Loading...