Latest News

अमेरिकाले गर्‍यो प्रधानमन्त्री ओलीको प्रशंसा !!!


काठमाडौं, २७ जेठ । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी मुख्य उप सहायक विदेशमन्त्री विलियम टोडले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहिबार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा संविधान कार्यान्वयनमा भइरहेका प्रयास र आर्थिक बिकासका लागि अन्तर्राष्ट्रिय समुदायलाई गरिएको आह्वानको प्रशंसा गर्दै अमेरिकी सहायक विदेशमन्त्री टोडले नेपालमा व्यापार गर्नका लागि वातावरण सहज र सुनिश्चित हुने बिश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार भेटमा नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्ध, भूकम्पपछिको पुनर्निर्माण, संविधान निर्माण र कार्यान्वयन, नेपालको आर्थिक बिकासमा अमेरिकी सहयोग लगायतका बिषयहरुमा छलफल भएको थियो । अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री टोडले आफु नेपालको पहिलो भ्रमणमा आएको उल्लेख गर्दै तर नेपाल र पछिल्ला अवस्थाका बारेमा जानकार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा संविधान कार्यान्वयनमा भइरहेका प्रयास र आर्थिक बिकासका लागि अन्तर्राष्ट्रिय समुदायलाई गरिएको आह्वानको प्रशंसा गर्दै टोडले नेपालमा व्यापार गर्नका लागि वातावरण सहज र सुनिश्चित हुने बिश्वास व्यक्त गर्नुभयो । नेपालमा संविधानप्रति असन्तुष्टी राखेका दलहरुले वार्तामार्फत समाधान गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने र संवादमार्फत नै सबै समस्याको समाधान हुने बिश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले भूकम्पपछिको पुनर्निर्माणका बारेमा चाँसो राख्दै त्यसलाई गतिका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधान जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, सभाका ९२ प्रतिशतले हस्ताक्षर गरेको, ८६ प्रतिशतले दफादफामा वहस गरी पारित गरेको, मौलिक हक र अधिकारका लागि मात्र संविधानका ३१ धारा छुट्टयाइएको, पुर्ण समाबेशी, समानुपातिक र सबैलाई सम्मानजनक र समान अधिकार सुनिश्चित गरेको उत्कृष्ट संविधान रहेको बताउनुभयो ।

उहाँले संविधानमा असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै कसैलाई त्यस्तो लागेको भएमा तीनमा पनि वार्ता र संवादमार्फत समाधान खोज्न सकिने बताउनुभयो । आफुले वार्तामा आउन असन्तुष्टहरुलाई आग्रह गरेको तर त्यसलाई अस्वीकार गरेर मुलुकलाई अस्थिर बनाउने प्रयास गरेको प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले नेपाल र अमेरिकाबीच आर्थिक र व्यापारिक सम्बन्ध बिस्तार गर्न आवश्यक रहेको भन्दै त्यसका लागि अमेरिकी सरकारद्वारा ६६ बस्तुमा दिईएको कर सहुलियतको प्रंशसा गर्दै नेपालको मौलिक उत्पादन गार्मेन्ट, कार्पेटलाई पनि त्यसभित्र समेट्न सुझाव दिनुभयो ।

नेपाल र अमेरिकाबीच व्यापार तथा आर्थिक साझेदारीका बारेमा अमेरिकाको डिसीमा भइरहेको ‘टिफा’ बैठक, मिलेनियम च्यालेन्ज कर्पोरेसनद्वारा नेपाललाई सहयोगको सुचीमा राखी लगानी कार्यान्वयन प्रक्रिया अघि बढाएको लगायतका बिषय उल्लेख गर्दै द्धिपक्षीय सम्बन्धलाई थप बिस्तार र सुदृढ गर्नुपर्ने बताउनुभयो ।

-
Loading...