Loading...
६ असार, काठमाडौं ।
अफगानिस्तानको गृहमन्त्रालयले काबुलमा भएको आत्मघाती आक्रमणबारे विज्ञप्ति जारी गर्दै घटनामा १४ नेपाली मारिएको र थप ५ जना घाइते भएको पुष्टी गरेको छ ।
तालिबानले किन मार्यो नेपाली सुरक्षा गार्ड ? यस्ता छन् २ कारण
मारिएका नेपालीहरु विदेशी कम्पनीका लागि काम गर्ने रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको भावानुवाद यस्तो छः
काबुल घटना सम्बन्धि गृहमन्त्रालयको विज्ञप्ति
आज विहान ५ बजेर ४० मिनेट जाँदा विदेशी कम्पनीलाई काम गर्ने कर्मचारी बोकेको मिनि बस काबुलको बानाइ क्षेत्रमा आत्मघाती आक्रमणको निशानामा परेको छ ।
घटनामा १४ जना विदेशी नागरिक (नेपाली नागरिक) मारिएका छन् भने ९ जना अन्य घाइते भएका छन् । घाइते मध्ये ५ जना नेपाली र चार जना अफगानी नागरिक छन् ।
घटनामा आफन्त गुमाउने परिवार तथा आफन्तहरुप्रति गृहमन्त्रालय हार्दिक समवेदना प्रकट गर्दछ । मानवीयता विरुद्ध घिनलाग्दो सबै प्रकारको हिंसाप्रति गृहमन्त्रालय कडा शब्दमा भर्त्सना गर्दछ ।
Afghanistan Home Ministry Press Release
Loading...

Social Buttons