Latest News

विमलकी बहिनी मनिषाको हत्या प्रेमी आशिष चौधरीले गरेको प्रमाणीत, चौधरीलाई ज्यानमुद्दा लगाईदै !!

काठमाडौं,६ असार । नेपाली फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्यारा पत्ता लागेको छ । विगत तीन सातादेखी प्रहरीले गरेको अनुसन्धानपश्चात उनकै प्रेमी आशिष चौधरीले हत्या निष्कर्ष निकालेको हो । मनिषाको मृत्युपश्चात प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । चौधरीले हत्या गरेको पुष्ट भएपछि उनीविरुद्ध नवलपरासी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार असार २ गते घटनाको मिसिल सरकारी वकिलको कार्यालय नवलपरासीमा बुझाइसकेको जानकारी गराए ।

प्रहरीले मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड, मोबाइल म्यासेजमार्फत भएको कुराकानी लगायतका विषयमा समेत अनुसन्धान गरेको थियो ।

घटनास्थलमा फेला परेको सिसाका टुक्रा, घाँटीमा लागेको पासो, मनिषाले लगाएको च्यातिएको भित्रीबस्त्र लगायतका प्रमाण अदालतमा पेश गरिने उनको भनाई छ ।
lightnepal.com
Loading...