Latest News

काबुल आत्मघाती आक्रमणः तालिबानले किन मार्‍यो नेपाली सुरक्षा गार्ड ?

६ असार, काठमाडौं ।

इराकमा १२ जना नेपालीलाई इस्लामिक अतिबादीहरुले विभत्स हत्या गरेको घटनापछि नेपालमा आक्रोशको आगो बलेको थियो । २०६० सालमा भएको उक्त घटनामा काठमाडौंका अधिकाँश म्यानपावरमा आक्रमण भएको थियो भने अरवौंको क्षति भएको थियो ।


भदौ १६ लाई कालो दिन भन्ने सम्मको अवस्था ल्याएको १४ वर्ष अघिको उक्त घटना विर्सिन लागेको बेला अफगानिस्तानमा रोजगारीमा गएका १४ जना नेपाली तालिबानी आक्रमणमा मारिन पुगेका छन् ।

अफगानी राजधानी काबुलको पूर्वी शहर जलालावादमा गराइएको आत्मघाती आक्रमणको निशानामा काममा जाँदै गरेका नेपाली सुरक्षागार्ड परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मिनि बस चढेर कार्यस्थल जाँदै गर्दै उनीहरु चढेको बस आत्मघाती आक्रमणको चपेटामा परेको थियो ।


अफगाानिस्तान सरकारले काबुलमा भएको आत्मघाती बम आक्रमणमा १४ नेपाली सुरक्षा गार्ड मारिएको पुष्टि गरेको छ । उनीहरुको परिचय भने खुलाइएको छैन । वासिङ्टनपोष्टका लागि अफगानी पत्रका साएद सलाहुद्धीनले आफ्नो ट्वीटरबाट आक्रमणको जिम्मेवारी तालिबानले लिएको जानकारी पनि दिएका छन् ।

तालिबानको निशानामा किन परे नेपाली ?

तालिबानीहरुको निशानामा नेपालीहरु किन परे भन्ने अझै खुल्न सकेको छैन तर सामान्यतः नेपाली सुरक्षा गार्डहरुले अमेरिकी कम्पनीहरुलाई सुरक्षा सेवा दिने भएका कारण उनीहरु तालिबानको निशानामा परेको अनुमान गर्न कठिन छैन । अमेरिकी सेनाले समेत सुरक्षा गार्डमा नेपालीहरुलाई लिने गरेको छ । यद्यपी यो आक्रमण नेपालीलाई नै निशानामा पार्न गरिएको हो कि होइन तालिबानले स्पष्ट पारेको छैन ।

अरवी सञ्चार माध्यम अलजजिरासँग कुरा गर्दै तालिबानका प्रवक्ताले आक्रमण आफूहरुले बताएका छन् । अमेरिकी सेना, नेटो सेनामा आवद्ध कुनै पनि देशका सेना वा कम्पनीहरुलाई सहयोग गर्ने जो कसैलाई तालिबानीहरुले सत्रु मान्ने गरेका छन् । तत्कालीन इराकमा पनि इस्लामिक अतिबादीहरुले नेपालीहरुलाई अमेरिकीहरुलाई सहयोग गर्ने एजेन्ट भएको आरोपमा मारेका थिए ।



अर्को कारणः
नेपालीहरु गोर्खा सैनिककोरुपमा बेलायती सेनाबाट पनि अफगानिस्तानमा युद्ध लडेका थिए । यसकारण पनि नेपाली गोर्खा र सुरक्षा गार्डप्रति तलिबानीहरु रुष्ट रहेका छन् । यसकारण पनि नेपालीहरुमाथि तालिबानी आक्रमण भएको अनुमान गर्न सकिन्छ । यद्यपी तालिबानले आधिकारिकरुपमा नेपालीमाथि आक्रमण गर्नुको कारण खुलाएको छैन ।

यौन सम्बन्धले लिएको ज्यानः यसरी मारिएकी थिइन् नेपाली चेली अमेरिकामा (विश्वभरी हेडलाइन)

परराष्ट्र मन्त्रालयले यस विषयमा जानकारी लिइरहेको बताएपनि विवरण दिएको छैन । अफगानी गृहमन्त्रालयलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले १४ नेपाली नागरिक आक्रमणमा परेको पुष्टि  गरेका छन् ।

 घटनाबाट स्तब्ध भएको जानकारी दिँदै परराष्ट्रमन्त्रालयले घटनाबारे बुझ्नका लागि समन्यवय गरिरहेको जानकारी ट्वीटरबाट दिएको छ ।

Shocked by the news of suicide attack in a convoy in Kabul. Verifying the news about the reported casualties of Nepalese nationals, if any.
Shocked by the news of suicide attack in a convoy in Kabul. Verifying the news about the reported casualties of Nepalese nationals, if any.


नरेन्द्र मोदीको समवेदना 


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानमा नेपाली सुरक्षा गार्ड मारिएको घटनाप्रति दुःख ब्यक्त गरेका छन् । खको घडीमा नेपाल सरकारलाई सघाउन लागिरहेको पनि मोदीले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् ।

तालिबानले किन मार्‍यो नेपाली सुरक्षा गार्ड ? यस्ता छन् २ कारण

मोदीले नेपाली मारिने घटनाको विषयमा २ ट्वीट गरेका छन् । उनले ट्वीटरमा भनेका छन्, “हामी यो काबुलमा भएको दुखद् घटनाको भर्त्सना गर्दछौं । निर्दोष नागरिक गुमाउने नेपाल र अफगानी जनता तथा सरकारप्रति हाम्रो समवेदना”।


मोदीले दुख्द घडीमा नेपाललाई सघाउने प्रतिबद्धता पनि जनाएका छन् ।

अफगानी राजधानी काबुलको पूर्वी शहर जलालावादमा गराइएको आत्मघाती आक्रमणको निशानामा काममा जाँदै गरेका १४ नेपाली सुरक्षागार्ड परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मिनि बस चढेर कार्यस्थल जाँदै गर्दै उनीहरु चढेको बस आत्मघाती आक्रमणको चपेटामा परेको थियो ।
Loading...