Latest News

राष्ट्रपतिको आडमा सरकार टिकाउने ओलीको गुप्त चाल


काठमाडौँ २४ जेठ । प्रधानमन्त्री केपी ओलीलाई पदबाट हटाउन भयानक अभियान भित्रभित्रै चलिरहेको छ । आजको साँघु साप्ताहिकमा खबर छ – टिक्नका लागि ओलीपनि यावत अस्त्र चलाउने तयारी गरिरहेका छन् । ओलीले संसदीय राजनीतिमा चलाउन मिल्ने भएभरका गोटीचाल गरिरहेका छन् ।

सत्ताको चेसमा चलिरहेको यो गोटीचालमा ओली पराजीत हुने अवस्था आयो भने उनीले यस्तो गोटी पनि चाल्न सक्छन्, जसले सम्पूर्ण नेपाली राजनीतिलाई अर्कै बाटोमा लैजान सक्छ । अहिले प्रधानमन्त्री ओली सरकारमा मात्र होइन, सत्तामै छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी उनका दाहिना छन् । ओली सरकार गिर्न लाग्यो भने राष्ट्रपति भण्डारीले संविधानले दिएसम्म र मिलेसम्म भरथेग गर्ने अपेक्षा गरिएको छ । ओली सरकारलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिन सक्छ । त्यस्तो अवस्थामा राष्ट्रपतिले नयाँ सरकार गठनका लागि सीधै आव्हान गरिन् भने के हुन्छ ? तर, विद्याले त्यसो नगर्ने निश्चित छ ।

ओली सरकार ढल्यो भने राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५, ६, र ७ प्रयोग गरि नयाँ सरकारका लागि आह्वान गर्न सक्ने कुरा समाचारमा उल्लेख छ । धारा ७६ मा मन्त्रीपरिषद गठन सम्बन्धि व्यवस्था छ, जहाँ लेखिएको छ ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्ष्यतामा मन्त्रिपरिषद गठन हुनेछ ।’आजको साँघु साप्ताहिकमा खबर छ ।
Loading...