Latest News

विरामी अम्बर गुरुङलाई भारतीय दूतावासले दियो श्रद्धाञ्जली…!!


काठमाडौंः स्वास्थ्यमा गम्भीर समस्या आएपछि धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत अम्बर गुरुङको निधनै नभइ भारतीय दूतावासले श्रद्धाञ्जली दिएको छ । अम्बर गुरुङको सोमबार बिहान निधन भएको समाचार उनको परिवार र उपचाररत ग्रान्डी अस्पतालले निराधार र झुटो भएको बताइसकेको अवस्थामा भारतीय दूतावासले श्रद्धाञ्जली नै दिन भ्याएको हो ।सोमबार दिउँसो पौने २ बजे राखिएको ट्विटर स्टाटसमा भारतीय दूतावासले लेखेको छ ‘ भारतीय दूतावास प्रसिद्ध नेपाली संगीतकार श्री अम्बर गुरुङको दुखद् निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दछ।’ 
Loading...