Latest News

बिहारमा जन्मियो यस्तो अनौठो जुम्ल्याहा,एक केटा अर्को केटी

एक भारतीय आमाले एकआसपमा जोडिएको जुम्ल्याह बच्चा जन्माएकी छन् । बच्चाको हात अलग अलग छ तर, खुट्टा भने एक जोडी मात्र छ । दुबैको कम्मरमा जोडिएको छ ।

बच्चा एउटा छोरी भएको प्रष्ट छ भने अर्कोको लिंग खुलेको छैन । छोरा भएको अनुमान गरिएको छ । २४ वर्षकी शिवराजो देवीले बिहारको बक्सरस्थित एक निजी क्लिनिकमा बुधबार बच्चा जन्माएकी हुन् । उनीहरुको स्वास्थ्यमा समस्या आएपछि शहरको शरल अस्पतालमा लगिएको छ र, अहिले उपचार जारी छ ।

डा. राजकुमार गुप्ताले भने, उनीहरुको कम्मरबाट जोडिएका छन् । एकको लिंग महिला भएको देखिन्छ ।’ अर्कोको लिंग खुलेको छैन । तर, उनी छोरा भएको चिकित्सकहरुको अनुमान छ । सामान्यतया जुम्ल्याह एउटै लिंगका हुन्छन् । तर, यो केसमा भने महिला र पुरुष भएको अनुमान छ ।

अहिले बच्चाको अवस्था स्थित छ र चिकित्सकहरुले उनीहरुलाई ठूलो अस्पतालमा लैजान भनेका छन् । र, उपचार खर्च महंगो हुनेछ । तर, उनको आमाबुबा भने यो खर्च व्यहोर्न सक्ने अवस्थामा छैनन् । उनीहरुले गर्भवगी भएको बेला अल्ट्रासाउण्ड गरिएको तर, जुम्ल्याहाको शरीर जोडिएको पूर्व जानकारी नभएको बताए ।

यो दम्पतीको चार वर्षको छोरा र २ वर्षकी छोरी छ । जम्ल्याहका बुबा छोटा सिंह एक फ्याक्ट्रीमा काम गर्छन् र, उनको मासिक कमाई ६० पाउण्ड छ । उनले आफूहरुको खुसी क्षणभरमा निराशामा परिणत भएको बताए ।
Loading...