Latest News

प्रहरी र तस्करबीच दोहोरो भिडन्त, दुई प्रहरी सहित १९ तस्करको मृत्यु !!

नयाँ दिल्ली, २१ जेठ । उत्तरी भारतमा बिहीबार साँझ केही तस्कर र प्रहरीबीच व्यापक मात्रामा दोहोरो भिडन्त भएको समाचार छ ।

भिडन्तमा परी कम्तीमा पनि १९ जना तस्कर मारिएको प्रहरीले जनाएको छ । उक्त भिडन्तका क्रममा एकजना प्रहरी अधिकृत र अर्का एकजना प्रहरी कमाण्डर पनि मारिएका छन् ।


शक्तिशाली हातहतिहार समेत लिइरहेका तस्करहरुले गस्तीमा खटिएको प्रहरी समूहमाथि हमला गरेको बताइएको छ ।प्रहरीकाअनुसार सो हमलाका क्रममा कम्तीमा पनि १९ जना तस्कर मारिएका छन् । त्यसमा परी तस्करीमा सम्लग्न रहेका केही व्यक्ति घाइते भएका र घाइतेलाई तस्करहरुले नै भगाएर लगेका जानकारी दिइएको छ ।

घटनाले उक्त क्षेत्रमा उग्र रुप लिएको छ । त्यसैले उक्त घटनाको अनुसन्धानका लागि उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले निर्देशन दिएको बताइएको छ । घटनापछि भारतका गृहमन्त्री राजनाथ सिंहले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै तस्करीविरुद्धको कारबाहीका लागि राज्य सरकारलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने धारणा राखे ।

उत्तर प्रदेशको जवार बाघ क्षेत्रबाट तस्करहरुलाई हटाउने क्रममा सो भिडन्त भएको थियो । उक्त क्षेत्रमा यसअघि पनि जङ्गली जनावर तथा अरु स्थानीय स्रोतको तस्करी भइरहेकोले अदालतको आदेशमा ती तस्करलाई हटाउने क्रममा सो भिडन्त भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई ती क्षेत्रबाट हटाउने क्रममा ती तस्करले पहिला प्रहरीमाथि हमला गरेका थिए । त्यसपछि प्रहरीले पनि हमला गरेको थियो । उक्त क्षेत्रमा यसअघि पनि तस्कर र प्रहरीबीच बारम्बार भिडन्त हुने गरेको थियो । स्थानीय नागरिकले पनि त्यहाँबाट तस्करलाई हटाइदिन पहिले पनि माग गरी आएका थिए । रासस-एपी

Loading...