Latest News

नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच दोहोरो झडप दुई गम्भिर घाइते !!

महेन्द्रनगर, २१ जेठ । सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी (अनेरास्ववियु र नेविसंघ)बीच कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा भिडन्त भएको छ । भिडन्तमा दुई जना घाइते भएका छन् ।

विश्वविद्यालयमा लगाइएको तालाको विषयमा भएको झडपमा अनेरास्ववियुका कार्यकर्ताहरुले नेवि संघका नेता पुरोहित बडूमाथी हातपात गरेका थिए भने नेवि संघका कार्यकर्ताहरुले अनेरास्ववियुका नेता नविन रतौकीमाथी पनि कुटपीट गरेका थिए ।


रतौकीलाई जानकीटोल कोठामै गएर निर्धात कुटपिट गरिएको छ । कुटपिटबाट रतौकीको टाउकोमा गम्भिर चोट लागेको छ । उनको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको बताइएको छ ।

नेवि संघ कञ्चनपुरका अध्यक्ष अच्युत राज कलौनी नेवि संघका कुनै कार्यकर्ताले कुटेको भए त्यसको जिम्मा नेवि संघले लिन तयार रहेको बताए । अनेरास्ववियु कञ्चनपुरले भने दोसीमाथी कार्बाहीमा माग गरेको छ । नेवि संघले बडूमाथी आक्र्रमण गर्नेलाई कार्बाहीमा माग राख्दै क्याम्पसको मुुल गेट, प्रशासन धर्ना र बिहीबार दुइ घण्टा चक्का जाम गरेका ।

रजिष्ट्रार भट्टले पदिय मर्यादा विपरित नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को समाजिक संजाल फेसबुक मार्फत अपमान गरेको भन्दै नेवि संघ र अखिल क्रान्तिकारीले जेठको पहिलो साता रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरेका थिए ।

लगत्तै अनेरास्ववियुले पनि उपकुलपति भूषण श्रेष्ठले फेसबुक मार्फत काँग्रेसको १३ औँ महाधिवेशनमा सभापतिमा शेर बहादुर देउवालाई जिताउन प्रचार गरेको भन्दै तालाबन्दी गरेका थिए ।

Loading...