Latest News

केपी ओली अनपढ र प्रचण्ड छट्टु हुन्ः बाबुराम

भक्तपुर — पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले ‘प्रधानमन्त्री केपी ओली अनपढ र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छट्टु हुन्’ भन्दै कडा आलोचना गरेका छन् । नयाँ शक्ति नेपाल चागुँनारायण नगरपरिषद्ले शनिबार भक्तपुरको छालिङमा आयोजना गरेको अन्तर्रक्रिया कार्यक्रममा भट्टराइले भने ‘१४ वर्ष जेल बसेका तर कक्षा १० पनि पास नगरेका प्रधानमन्त्री ओलीले ज्ञान र विज्ञानको कुरा गर्न सुहाउदैन ।
’ भट्टराईले अगाडि भने ‘भन्ने बेलामा कम्युनिष्ठ भन्ने तर काम भने काँग्रेस र एमाले भन्दा पनि खराब गर्ने प्रचण्डजी र माओवादीका साथीहरु छट्टु हुन् ।’ पुरानो पार्टी भएपनि नेपाली काँग्रेस भ्रष्टचारीलाई संरक्षण गर्ने पार्टी भएको आरोप लगाए । उनले भने ‘भ्रष्टहरुलाई जेलबाट निस्कने बेलामा १ सय २० किलोको माला पहिर्याउने र केन्द्रिय सदस्यमा अत्यधिक मतले जिताउनहरुले देशको विकाश गर्दैनन् ।’
 उनले हावाको भरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले समाजबादको वकालत गरेको आरोप समेत लगाए । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे राजनितिक व्यवस्था आएपनि नेपाली जनताले सुख पाउन नसकेकाले आफुले नयाँ शक्तिको निर्माण गरेको भट्टराईले बताए । कार्यक्रममा बोल्दै उनले भने ‘रहर लागेर यो ६० वर्षको उमेरमा जनतालाई झुक्याउन पार्टी खोलेर मैले च्याखे थापेको होइन ।’ २१ औं शताब्दीको आवश्यकता पुरा गर्दै मुलुकलाई छोटो अवधिमा आर्थिक सम्वृद्धी तर्फ लानको लागि नयाँ शक्ति पार्टी खोलिएको उनको तर्क छ । कार्यक्रममा नयाँ शक्ति नेपालका संगठनविभाग प्रमुख देबेन्द्र पौडेल, प्रदेश नं. ३ का संयोजक बलावती शर्मा, केन्द्रिय परिषद सदस्य निर्मल भट्टराई लगायतका नेताहरुको सहभागिता रहेको थियो । -
Loading...