Loading...
६ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको काबुलमा आत्मघाती आक्रमणमा परि १४ नेपाली मारिने घटनाबाट आफू स्तब्ध भएको बताएका छन् ।
तालिबानले किन मार्यो नेपाली सुरक्षा गार्ड ? यस्ता छन् २ कारण
सामाजिक सञ्जाल ट्वीटरबाट प्रधानमन्त्री घटनामा मारिनेप्रति समवेदना पनि प्रकट गरेका छन् ।
उनले ट्वीटरमा भनेका छन्, “अफगानिस्तानमा आज आत्मघाती आक्रमणमा परी १४ जना नेपालीको मृत्यु भएको घटनाले म स्तब्ध भएको छु । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।”
अफगानिस्तानमा आज आत्मघाती आक्रमणमा परी १४ जना नेपालीको मृत्यु भएको घटनाले म स्तब्ध भएको छु । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।अफगानिस्तानको गृहमन्त्रालयले काबुलमा भएको आत्मघाती आक्रमणबारे विज्ञप्ति जारी गर्दै घटनामा १४ नेपाली मारिएको र थप ५ जना घाइते भएको पुष्टी गरेको छ ।
काबुल आक्रमणः अफगानिस्तानको गृहमन्त्रालयले निकालेको विज्ञप्ति
यस अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि काबुल घटनाको भर्त्सना गर्दै नेपाललाई दुखको समयमा सहयोग गर्न तयार रहेको बताएका थिए ।
Loading...
Social Buttons