Latest News

सीके राउत र बाबुरामको सम्बन्धले सबै चकित,राउतलाई किन नजिक्याउने दाउमा छन बाबुराम ?

काठमाडौं, २८ जेठ । तराईलाई नेपालबाट टुक्राउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई नजिक्याउने कसरतमा बाबुराम भट्टराई लागेका छन् ।

दशरथ रंगशालामा आइतबार पार्टी घोषणा गर्ने तयारीमा रहेका भट्टराई आफ्ना निकट सहयोगीमार्फत राउतलाई नजिक्याउने कसरतमा लागेका हुन् । यसका लागि नयाँ शक्तिका नेता एवं पूर्व सभासद रामकुमार शर्मासहितलाई विशेष जिम्मेवारी दिएको दाबी स्रोतको छ ।


राउतले आफ्नो अभियानमा समर्थन जुटाउन विभिन्न समूह र व्यक्तिसँग गोप्य भेटवार्ता गर्दै आएका छन् । ललितपुरमा एक समर्थकको निवासमा बस्दै आएका राउतलाई नयाँ शक्तिका प्रभावशाली नेताले भेट गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Loading...