Latest News

सगरमाथा नजिकैको ताल फुट्ने खतरा, पानी निकाल्दै नेपाली सेना

काठमाडौं – सगरमाथानजिक रहेको इम्जा ताल फुट्न सक्ने खतरा बढेपछि नेपाली सेनाले यस तालबाट पानी निकाल्नका काम थालेको छ । समून्द्री सतहबाट झन्डै ५ हजार मिटर उचाइँमा रहेको यो ताल फुट्न हुनसक्ने खतरा यसअघि वैज्ञानिकहरुले औल्याएका थिए । गत वर्षको प्रलयकारी भूकम्पपछि यो ताल खतरामा छ ।

यस क्षेत्रमा तालमा ‘ड्रेन’ गरेर पानी निकाल्नु पनि उत्तिकै चुनौतीपूर्ण छ किनकी उचाईमा रहेकाले यो क्षेत्र निकै चिसो हुने क्षेत्र हो ।

केही महिनाभित्र स्थानिय र नेपाल आर्मीले युएनको सहयोगमा यस तालको गहिराईलाई ३ मिटरमा सिमित राख्ने प्रयास थालेका हुन् ।

तर जाडो निकै बढेका कारण काममा खटिएका नेपाली सेनाहरु बिरामी भएको बिबिसीमा प्रकाशित रिपोर्टमा उल्लेख छ । लेफ्टिनेन्ट कर्णेल भरतलाल श्रेष्ठलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले ४० जना आर्मीका कर्मचारीले स्थानिय समूदाय तथा शेर्पासँगको सहकार्यमा काम भइरहेको उल्लेख गरेको छ ।

यस क्षेत्रमा ४५ दिनभित्र पानीलाई तालबाट बाहिर पठाउने लक्ष्य आर्मीले राखेको छ ।

‘हामीले दैनिक २ देखी ३ घण्टासम्म मात्रै काम गर्न पाउँछौ । हिउँका कारण मौसम चिसो छ र हुरी तथा तुसारोले तुवाँलोले थप समस्या निम्त्याएको छ,’– श्रेष्ठले भनेका छन् –‘हाम्रो टिमका सदस्यहरु बिरामी भइरहेका छन् । हामी बिरामीहरुलाई तल्लो क्याम्पमा झार्छौ र उनीहरु ठीक भएपछि फेरि काममा जान्छन् ।’ भूकम्पपछि यस क्षेत्रमा चट्टानहरु फुट्ने क्रम जारी छ । यसबाहेक रोल्वालिङ क्षेत्रमा रहेको च्छोरोल्पा ताल पनि खतरामा छ ।

-
Loading...