Latest News

बलात्कार आरोपीको गुनासो : राजीखुसी गर्नेे, अरुले देखेपछि बलात्कारको आरोप ?

दाङ–जबरजस्तीकरणीको आरोमा दाङको तुलसीपुरमा २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा गोल्टाकुरी गाविस–६ निवासी ४५ वर्षका धर्मजीत खत्री रहेका छन् । तेल पेलाउन गएको समयमा स्थानीय एक महिलालाई बलात्कार गरेको आरोप खत्रीलाई लागेको छ । तर आरोपीले भने– ‘राजीखुसी यौन सम्पर्क गरेको र अरुले देखेपछि महिलाले बलात्कारको आरोप लगाएको प्रहरीलाई बयान दिएका छन् ।’ प्रहरीले यसबारे अहिले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसनधान गरिरहेको छ । उता रुकुमको खलङ्गा घर भई हाल तुलसीपुर–२ रक्षा चौर निवासी ३३ वर्षका लालबहादुर बोहरा पनि जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका छन् । विहे गर्ने भन्दै करिब एक हप्ताअघि उनले रुकुमबाट स्थानीय एक युवतीलाई ल्याएर तुलसीपुरमा राखेको थिए । तर , युवतिले जबरजस्ती गरेर ल्याएको प्रहरीसमक्ष बयान दिएकी छिन् । युवतीले अनाहकमा, दाइको भनाइमा लागेर आफूलाई फसाएको आरोपीले बताएका छन् । पक्राउ परेका दुवै जनलाई प्रहरीले जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरेर अनुसनधान थालेको छ । यो संगै जेठ महिनामा मात्रै पश्चिम दाङमा ८ वटा जबरजस्तीकरणीका घटना घटेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिएका छन् । 
Loading...