Latest News

कतारमा सवारी दुर्घटनामा परी ६ नेपालीको मृत्यु, ६ को अवस्था गम्भीर

जेठ २१ काठमाडौं ।कतारको अलखोरमा शुक्रबार सडक दुर्घटनामा परि ६ नेपालीको मृत्यु भएको छ ।

तीब्र गतिमा हुइँकिएको गाडी ठोक्किएर दुर्घटना भएको घटनास्थलमै रहेका कतारमा राेजगार गर्दै अाएका पत्रकार कलमबहादुर शाहीले जानकारी दिए ।

स्थानीय समयअनुसार विहान ७ बजेर ५० मिनेट जादा उक्त दुर्घटना भएको हो ।

तीब्र गतिमा आएको गाडीको टायर पञ्चर भई अनियन्त्रित भएर दुर्घटना भएको शाहीले बताए । दुर्घटनामा परी अन्य ६ जना गम्भीर घाइते भएका छन् । घाइतेको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । मृत्यु भएका नेपालीहरुको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । खबर डबली साभार

-
Loading...