Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

अफगानी अस्पतालको बेडबाट अमृतको परिवारलाई सन्देश- म ठीक छु, घर फर्कँदैछु !!!


काठमाडौँ : सँधै झैँ सोमबार बिहानै ड्युटीका लागि निस्केका थिए उनीहरु। काठमाडौँतिर चल्ने नेपाल यातायातको जस्तो सुनौलो र सेतो रङ्गको मिनी बसमा चढेर नेपाली सुरक्षागार्डहरु क्यानाडेली दूतावास जाँदै थिए।

पिडी ९ को बनाए एरियामा बस गुड्दै गर्दा अकस्मात् ठूलो विस्फोट भयो। १४ नेपाली नागरिकको ज्यान गयो। एउटै बसमा भए पनि भाग्यले बचे अमृत रोकाया क्षेत्री।

अमेरिकी समाचार एजेन्सी एपीसँग कुरा गर्दै अस्पतालको बेडमा रहेका क्षेत्रीले परिवारलाई सन्देश दिए- ‘म मेरो परिवारलाई भन्न चाहन्छु, म ठीक छु। म घर फर्कनेछु।’

एपीले टाउकोमा ब्यान्डेज बाँधिएको अवस्थामा रहेका अमृतको फोटो पनि सार्वजनिक गरेको छ। अमृतसहित पाँच जना नेपाली आक्रमणमा घाइते भएका छन्।

अफगानी आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरु चढेको एउटा मिनिबसलाई लक्षित गर्दै बिहान ५ बजेर ४० मिनेटमा आत्मघाती आक्रमणकारीले विस्फोट गराएका थिए। विस्फोटमा १४ नेपाली नागरिकको मृत्यु भएको र नौ जना घाइते भएका थिए।

Loading...