Loading...
मिडिया एनपी, काठमाडौं । संसारलाई छक्क पार्दै रुसले यौनकर्मी र उनीहरुका ग्राहकलाई शहरको गल्लीमा नाङ्गै घुमाएको खबरले अहिले विश्वभरी चर्चा पाएको छ । ११ जना यौनकर्मीको एउटा समूह र उनीहरुको ग्राहकलाई नियन्त्रणमा लिएर रुसी प्रहरीले उनीहरुलाई शहरको गल्लीमा नाङ्गै घुमाएको छ ।
रुसको पिटर्सबर्ग सहरमा भइरहेको अवैध वेश्यालयमा छापा मार्ने क्रममा उनीहरुलाई आपत्तिजनक अवस्थामा प्रहरीले फेला पारेको थियो । केही भने भाग्न सफल भएका छन् ।
आपत्तिजनक अवस्थामा फेला परेका पुरुष तथा महिलालाई प्रहरीले निर्वस्त्र शहरको गल्लीमा घुमाएको हो । प्रहरीले गल्लीमा नाङ्गै घुमाएपछि महिलाहरु भने लाजले रोएका थिए ।
-
Loading...
Social Buttons