Latest News

कताको संविधान विभेदकारी ? भारतमा बिहे गर्ने नेपाली चेलीले सात वर्षपछि मात्रै नागरिकता पाउने


नयाँदिल्ली, ९ जेठ– भक्तपुर नगरकोटकी मेनु सापकोटाले दिल्ली उत्तमनगरका सौरभ गोयलसँग बिहे गरेको दुई वर्ष भइसक्यो, तर अझै उनी अनागरिक छिन् । नेपाली नागरिकता औपचाकिरक रुपमा त्यागेर आउनासाथ भारतीय नागरिकता पाइन्छ, भनेर दिल्लीका अधिकारीले भनेको भरमा मेनुले बिहे गर्नासाथ नागरिकता परित्याग गरेकी थिइन् । ‘अहिले आएर वैवाहिक अंगीकृत नागरिकता लिन कम्तीमा विवाह गरेको मितिले ७ वर्ष पर्खनुपर्ने नियम देखाएपछि म अनागरिक बनेकी छु’ नागरिकता प्रावधानबारे सुझाव लिन नेपाली दूतावास आएकी मेनुले भनिन्, ‘दूतावासले नेपाली नागरिकता त्याग गरिसकेको अवस्थामा यो विषय भारतीय प्रशासन र अधिनियमअन्तर्गत भनेर कुनै सुझाव दिएन । ’ संयुक्त अरबको दुबईमा छँदै भारतीय युवा सौरभ गोयलसँग निकट भएकी मेनले लगत्तै हिन्दुसंस्कारअनुसार विहे गरेकी थिइन् । कान्तिपुर दैनिकबाट
Loading...