Latest News

भारतीय मिडियामा बाबुराम एकाएक हेडलाइन्ः भारत र चीनलाई उक्साएको आरोप -

काठमाडौं, ८ जेठ । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एकाएक भारतीय मिडियाको हेडलाइन बनेका छन् ।
नेपालको ओली सरकार भारत र चीनबीच छन्द युद्ध सुरु गराउने प्रयास गरिरहेको आरोप लगाएर बाबुराम भारतीय मिडियाको हेडलाइन बनेका हुन् । हेडलाइनमा भनिएको छ- ‘नेपाल के इस बड़े नेता ने लगाया भारत–चीन को उकसाने का आरोप’
भारतीय टिभी च्यानल न्यूज २४ अनलाइनले ओली सरकारले भारत र चीनलाई उक्साइरहेको आरोप बाबुरामले लगाएको खबर छापेको छ ।
समाचारमा बाबुरामले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेपालको विकास गर्नुको सट्टा मानिसको ध्यान भड्काउने प्रयास गरिरहेको बताएको उल्लेख छ । यो समाचारमा नेपालमा भारतविरोधी भावना बढेकोमा बाबुरामले चिन्ता जनाउँदै भारत र चीन प्रतिस्पर्धी देश भएकाले बीचको नेपालले फाइदा लिनुपर्ने सुझाव दिएका छन् ।
-
Loading...