Latest News

मन्दिरभित्र पस्नु अगाडी ‘घण्टी’ किन बजाइन्छ? जानीराखौ अनौठो तथ्यसहित

बिहानै उठेर अनि स्नान गरेर मन्दिर जाँदा भित्र पस्नुभन्दा अगाडी घण्टी बजाइन्छ त्यसपछि बल्ल भित्र पसेर शान्त मनमा भगवानसँग प्रार्थना गरिन्छ र आश गरिन्छ कि आफुले चाहेको कुरा पुगोस्। मन्दिर पस्नु अगाडी र निस्किसकेपछि एकचोटि घण्टी नबजाएसम्म आफ्नो मनलाई चित्त पनि बुझ्दैन।
तर सबैको मनमा एउटा प्रश्न खड्किन सक्छ, “घण्टी किन बजाइन्छ? के घण्टी नबजाए पूजा गर्न पाइँदैन? “
त्यो भन्दा अगाडी एउटा कुरा बुझ्नु जरुरी छ कि ‘हिन्दु’हरूको मन्दिरमा अथवा क्रिश्चियनहरूको चर्चमा राखिने घण्टी कुनै साधारण धातुबाट बनेको हुँदैन। घण्टी बनाउँदा धेरै किसिमका धातुहरूलाई सही मात्रामा मिश्रण गरेर मात्रै बनाइन्छ। क्याडमियम, लिड, कपर, जिङ्क, निकेल, क्रोमियम र म्याङ्गानिजलाई सहि अनुपातमा राखेर सम्मिश्रण बनाइन्छ र उक्त मिश्रणधातुबाटै घण्टीको निर्माण गरिन्छ।
घण्टी बनाउँदा यस्तो किसिमले बनाएको हुन्छ कि त्यो बज्दा भिन्न किसिमको ध्वनीको कम्पन निस्कन्छ, जसले हाम्रो दुवै कानको सुन्ने शक्तिमा एकता ल्याउँदछ र हाम्रो दायाँ-बायाँ दुवै दिमागलाई सन्तुलन ल्याउँदछ। जब घण्टी बजाइन्छ, तब त्यसले एक तीखो तर टिकाउ ध्वनी निकाल्दछ जुन कम्तीमा पनि ७ सेकेण्डसम्म बजिरहन्छ, यसले मानिसको शरीरमा हुने सात वटै ‘हिलिङ्ग सेन्टर‘ (Healing Center ) लाई स्पर्श गर्दछ र शरीरमा छुट्टै किसिमको स्फुर्ती ल्याउँदछ। अनि जब तपाईँले घण्टीको ध्वनी सुन्नुहुन्छ तब तपाईँको दिमागमा भएको सबै नचाहिने कुराहरू हट्दछ र चिन्तामुक्त मन हुन्छ।
Loading...