Latest News

के भारतसँग भिड्न खोजेको हो सरकारले ? मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव –

काठमाडौं, २८ वैशाख । सत्तारुढ दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले भारतको सहयोग विना शान्ति प्रक्रिया पुरा नहुने बताए ।

व्यवस्थापिका–संसदमा बोल्दै नेता देवले अहिलेका विवादित बिषय र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन भारतको भूमिका उल्लेख्य रहेको धारणा राखे ।


बोल्ने क्रममा उनले कांग्रेस र भारतको सहयोग विना नेपालको शान्ति प्रक्रिया अघि बढन सक्छ ? भन्दै प्रश्न समेत गरे । नेता देवले भारतसँग सम्वन्ध चिसिएका बेला प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले दिएको अभिव्यक्तिले नकारात्मक अवस्था ल्याएको टिप्पणी गरे ।

के प्रधानमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्रीले १८१६ मा भएको सुगौली सन्धिपछि खुम्चिएको नेपालको भू–भाग फिर्ता ल्याउनुपर्छ भन्ने मनसाय साथ बोलिरहनुभएको हो ? भारतसँग भिड्न खोजेको हो ? उनले प्रश्न गरे ।
lightnepal

Loading...