Latest News

नेपाली आकाशको दुरुपयोग गर्दै भारतले उडाएको 'भू-उपग्रह' नेपाली भूमिमा दुर्घटनाग्रस्त !!! अब के होला ??


२०७३ बैशाख २८ मंगलवार
अछामः भारतले उडाएको एउटा शंकास्पद उपकरण मंगलबार नेपाली भूमिमा दुर्घटनााम परेको छ ।

भारतले मौसम प्रक्षेपण गर्नका लागि भन्दै उडाएको मानवरहित एक भूउपग्रह अछाममा दुर्घटनामा परेको हो ।
भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालबाट उडाइएको सानो आकारको मानवरहित भूउपग्रह अछामको बलाता गाविसस्थित भिमडमा आइतबार दुर्घटनामा परेको हो ।
बलाता–५ भिमडका चेतमानसिंह थापाले घर नजिकै शंकास्पद बस्तु खसेको खबर गरेपछि सोमबार घटनास्थलमा पुगेको प्रहरीले भारतबाट उडाइएको भू–उपग्रह भएको निष्कर्ष निकालेको थियो ।uga
स्थानीयले खबर गरेपछि प्रहरी चौकी ढकारीका प्रहरी सहाक निरीक्षक परी बोहरोको नेतृत्वमा गएको टोलीले भारतबाट अत्याधुनिक बेलुनमार्फत उडाइएको भू–उपग्रह फेला परेको पुष्टि गरेको छ ।
भू–उपग्रहमा लेखिएको सूचनाका आधारमा भारतको नैनीतालबाट यसलाई उडाइएको खुलेको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी निरञ्जन भट्टले पनि भारतीय भू–उपग्रह नेपाली भूमिमा खसेको पुष्टि गरेका छन् ।
उनका अनुसार यो भू–उपग्रह मौसमसम्बन्धी परीक्षणका लागि उडाइएको अनुमान गरिएको छ । प्रहरीका अनुसार उत्तराखण्ड राज्यको नैनीतालबाट यो भू–उपग्रह उडाइएको पत्ता लागेको छ।
‘यो पूर्णरुपमा सुरक्षित छ । यस यानलाई मौसम परीक्षणका लागि उडाइएको हो’, यसमा रहेको सूचनामा भनिएको छ, ‘पाउनुहुने महानुभाबले डा. मनिश नजा र श्री आशिस कुमारलाई खवर गर्नुहोला । पुस्कारको ब्यवस्था गरिएको छ ।’
यो सूचना भारत सरकारको विज्ञान एवम प्रौद्योगिक विभागद्वारा हिन्दीमा लेखिएको छ । यो सूचनासमेत दुर्घटनाग्रस्त भू–उपग्रहसँगै फेला परेको छ ।
दुर्घटनाग्रस्त मानवरहित साना भू–उपग्रह दुर्घटनामा परेपछि जलेर टुक्रा टुक्रा अवस्थामा फेला परेको अछाम प्रहरीले जनाएको छ ।
भारतले उडाएर नेपाली भूमिमा दुर्घटनामा परेको सो भू–उपग्रह प्रहरी चौकी ढकारी ल्याएर राखिएको छ ।
annapurnapost
Loading...