Loading...
काठमाडौं–सशस्त्र प्रहरीको इलामस्थित श्रीअन्तु गुल्मबाट प्रहरीलाई घरेलु काममा खटाइएको विषयमा छानबिन सुरु भएको छ । सशस्त्र प्रहरीको बराह बाहिनी पकलीले सो विषयबारे अध्ययन गर्न सोमबार छानबिन समिति गठन गरेको हो ।
गुल्मीका डिएसपी लकेश तुम्बाहाम्फेले मामाका छोरा दीपराज आङदेम्बेको कुखुराको खोर बनाउन गुल्मीका तीन प्रहरीलाई खटाएका थिए । त्यससम्बन्धी फोटोसहितको समाचारलाई लिएर सशस्त्र प्रहरी बराह बाहिनी पकलीले छानबिन सुरु गरेको हो।
एसपीको कमान्डमा छानबिन समिति :
बाहिनीका एसपी भुवनेश्वर प्रसादको कमान्डमा छानबिन समिति गठन गरिएको छ । समितिले बुधबारदेखि इलाम पुगेर छानबिन गर्ने बराह बाहिनीका डिआइजी सुरज श्रेष्ठले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
-
Loading...
Social Buttons