Latest News

५० करोड बोकेर वामदेव प्रचण्डकहाँ पुगेपछि एकाएक राजनीतिले यु-टर्न लिएको खुलासा !!!

नेपालको संसदीय राजनीतिमा प्रचण्ड कतिसम्म छल र षडयन्त्रको राजनीति गर्न खप्पिस छन् भन्ने कुरा उनको रातारात बदलिएको राजनीतिले प्रष्ट पारेको छ ।

लामो समय संसदीय राजनीति गरेर अभ्यस्त भएको नेपाली कांग्रेस र यसका नेताहरुलाई समेत तीन छक्क पार्दै प्रचण्डले संसदीय राजनीतिमा अर्को चमत्कार गरेका छन् ।


रातारात भएको यस्तो चमत्कारमा प्रचण्डको कुनै क्रान्तिकारी विचार र रणनीतिले काम गरेको होइन । यसमा विदेशी हस्तक्षेप र षडयन्त्रले ठूलो काम गरेको छ ।

खासमा नेपालको राजनीतिमा भारतीय प्रभावलाई उछिन्दै हिजोआज पश्चिमा शक्तिहरुको बढ्दो हस्तक्षेपले काम गरेको छ । संविधान घोषणाको मितिदेखि अहिलेसम्म आउँदा नेपालमा पश्चिमाहरुको प्रभावले नेपालको राजनीतिलाई चमत्कारिक परिवर्तन गरिदिएको छ ।

ओली सरकारको गठवन्धन छोडेर कांग्रेस गठवन्धनमा जाने निर्णयमा पुगेको एमाओवादी र यसका नेताहरु रातारात ओली सरकारलाई टिकाउने निर्णयमा पुग्न पश्चिमा शक्तिकेन्द्रको ठुलो हात रहेको छ ।

प्रचण्डको १८० डिग्रीको युटर्नमा पश्चिमा शक्तिको हात रहेको छर्लङ्ग भएको छ । विशेष सूत्रहरुले भन्छ –प्रचण्डलाई ओली छोडेर जान ठूलो आर्थिक चलखेल थियो भने ओली गठवन्धनलाई टिकाउन त्यो भन्दो ठूलो चलखेल भएको छ ।

जनपाटीले लेखेको थियो– ‘३२ करोडमा किनिएको प्रचण्डको राष्ट्रवाद’ भनेर । जुन राष्ट्रवाद प्रचण्डको नक्कली राष्ट्रवाद थियो । ओली गठवन्धनलाई छोड्न प्रचण्डलाई भारतीय दबाबसँगै ठूलो आर्थिक चलखेल पनि भएको थियो ।

जहाँ प्रचण्डलाई भारतले ३२ करोड दिएको उच्च स्रोतले जनपाटीलाई बताएको थियो । तर विहीबारको दिन भएको राजनीतिक र आर्थिक चलखेलले नेपालको राजनीतिक समीकरणले फेरि अर्को मोड लियो ।

विहीबार भएको राजनीतिक र आर्थिक चलखेलमा पश्चिमा शक्तिको हस्तक्षेपले ठूलो काम गरेको राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन् । चुरो कुरो के भयो भने एमाओवादी अध्यक्ष प्रचण्डलाई रातारात राजनीतिक दबाबसँगै आर्थिक दबाबले काम गरेको बुझिएको छ ।

यस्तो हुनुमा पश्चिमाले एमालेमार्फत ५० करोडमा प्रचण्डलाई खरिद गरेपछि ओली गठवन्धनको सरकार केही समयका लागि टिक्न पुग्यो । ओली गठवन्धनका बलिया हस्ती वामदेव गौतम प्रचण्डकहाँ ५० करोड बोकेर गएपछि एकाएक राजनीतिक समीकरण बदलिएको हो ।

अहिलेको राजनीतिक समीकरणमा एमाओवादीले एमाले नेतृत्वको सरकारलाई कम्तिमा ४ महिना टिक्न दिने । त्यसपछि प्रचण्डको नेतृत्वमै नयाँ सरकार बनाउने सहमतिमा एमाले र एमाओवादी पुगेका छन् । यसरी ओली सरकार केही समयका लागि टिक्यो र प्रचण्डको राजनीतिक र आर्थिक चमत्कारले ठूलो काम गर्‍यो । जनपाटी पत्रिकामा छापिएको छ |

-
Loading...