Latest News

वैदेशिक रोजगार विभागमा प्रहरीको छापा ,दुई जना म्यानपावर व्यवसायीसहित ६ जना पक्राउ !!

महानगरीय अपराध महाशाखाले काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा छापा मारेको छ। वैदेशिक रोजगार स्टीकरका नाममा विकृति भेटिएपछि छापा मारिएको एसएसपी सर्वेन्द्र खनालले बताए।
एक पटक पनि विदेश नगएकालाई रि-इन्ट्रीको वैदेशिक रोजगारस्टीकर टाँस दिएपछि छापा मारिएको उनले बताए। प्रहरीले वैदेशिक रोजगारविभाग ताहाचलबाट विभिन्न कागजातहरू नियन्त्रणमा लिएको छ।
रि इन्ट्री वैदेशिक रोजगारस्टीकर टाँस दिएपछि विमानस्थल अध्यागनमले पनि एक पटक विदेश गइसकेको रहेछ भनेर वास्ता नगर्ने परिपाटी रहेकाले सहज रुपमा युवा विदेश जान सक्ने खनालले बताए।
त्यस्तै प्रहरीले गौशालामा रहेको इन्टरनेसनल ट्रेड लिंक नामक म्यानपावर कम्पनीमा पनि छापा मारेको छ।
गौशालामा रहेको हिमालयन रेड पाण्डा ट्राभल एण्ड टुर, एयरपोर्टमा रहेको किंङस् अकवर टुर एण्ड ट्राभल र सिटी टुर एण्ड ट्राभलमा समेत छापा मारेको छ । म्यानपावरमा छापा मारेर प्रहरीले २ जना म्यानपावर संचालकसहित ६ जनालाई पक्राउ गरेको छ।
ट्राभल एण्ड टुर व्यवसायी सुशील शाक्य राजेन्द्र बिष्ट बिनोद कार्की र राजेश ढकाललाई नियन्त्रणमा लिइएको एसपी सहकुल थापाले जानकारी दिए। म्यानपावरहरूले ती ट्राभल एण्ड टुर्स कम्पनीसँगको मिलेमतोमा नक्कली टिकेटिङको काम गरेपछि छापा मारिएको एसपी थापाले बताए।
पहिलो पटक विदेश जान लागेका एक जना युवासँग प्रहरीले रि इन्ट्रीको वैदेशिक रोजगारस्टीकर भेटेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। पछि ती युवा इन्टनेसनल ट्रेड लिंक नाम म्यानपावरबाट विदेश जान लागेको थाहा पाएपछि प्रहरीले सो म्यानपावरमा पनि छापा मारेको थापाले बताए।
Loading...