Latest News

भारतीय राजदुत रे लाई नेपालबाट फिर्ता पठाउने भने पछि भारतीय मेडियामा यसरि भयो रुवाबासी !!!

काठमाडौं, २७ वैशाख । भारतका लागि नेपालका राजदुत दीप कुमार उपाध्यायलाई फिर्ता बोलाएपछि नेपालको राजनीतिमा जुन रुपमा चर्चा पायो त्यो भन्दा बढी चर्चा भारतमा सुरु भएको छ ।
सरकार उपाध्यायलाई तीन आरोप लगाएर फिर्ता बोलाउने निर्णय गर्यो । त्यसलगत्तै भारतीय मिडियामा नेपालका लागि भारतीय राजदुत रञ्जित रेलाई कुटनीतिक विशेषाधिकार खोसेर फिर्ता पठाउने बारे नेपाल सरकारले तयारी गरिरहेको भन्ने आशयका समाचार छ्याप छ्याप्ती आएका छन् ।
भारतको टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले हिन्दी संस्करण र नबभारत टाइम्समा रिपोर्ट प्रसारित भैरहेको छ । सञ्चार माध्यमका समाचारमा नेपाल सरकारले राजदुतलाई विशेष अधिकार खोसेर फिर्ता पठाउँदा पर्न सक्ने प्रभावबारे विचार गरिरहेको उल्लेख छ ।
Ranjit-Roy-PNG-Indian-Media-3
कतिपय नेपाली मिडियामा पनि यस प्रकारको चर्चा चलेपछि परराष्ट्रमन्त्री कमल थापाले ट्वीटर मार्फत यस्ता हल्ला निराधार रहेको र भारत र नेपाल सम्बन्ध विगार्न लक्षित रहेको धारणा सार्वजनिक समेत गरेका छन् ।
Ranjit-Roy-PNG-Indian-Media-1
भारतीय मिडियामा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रण रोकिदिएको र राजदुतलाई ठाडो भाषा प्रयोग गरेर फिर्ता गरेको आधारमा अवको निशानामा भारतीय राजदुत रे रहेको उल्लेख छ ।भारतीय राजदुत रञ्जित रेको इसारामा काठमाडौं आएर ओली सरकार विरुद्ध चलखेल गरेको आरोप उनीमाथि लागेको छ ।
Ranjit-Roy-PNG-Indian-Media-2
Loading...