Loading...
काठमाण्डु, ११ जेठ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्नो कार्यकर्ता पक्राउ परेको विरोधमा नेपाल बन्द गर्ने भएको छ ।
सो पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका नेता बाबुराम राईलाई प्रहरीले पक्राउ गरेको भन्दै जेठ २७ गते नेपाल बन्दको घोषणा गरेको हो ।
पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय महासचिव रहेका राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धा लगाएपछि सो पार्टी थप आन्दोलित भएको हो ।
राई सो पार्टीको झापा जिल्ला कमिटी सचिव समेत हुन् ।
Loading...
Social Buttons