Loading...
रुपन्देही, जेठ ११ । रुपन्देहीको दयानगर–७ का एक व्यक्तिले आफ्नै श्रीमती र भाईको हत्या गरेका छन् ।
दयानगर–७ तिल्हाका बलराम पोखरेलले ४० वर्षीया श्रीमती कृष्णा र ४५ वर्षीय भाई चन्द्रकान्तको सोमबार राति हत्या गरेका हुन् ।
आफ्नै श्रीमती र भाईबीच अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि उनले टाउकोमा ईंटा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
दुई जना सँगै सुतिरहेको देखेपछि बलरामले ईंटा प्रहार गर्दा घाइते भएका दुवैको उपचारका क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Loading...
Social Buttons