Latest News

सैनिक श्रीमती संघले गर्यो सेनाको प्रतिष्ठामा घात !!

जेठ २ । त्रिभुवन  विमानस्थलमा शुक्रबार बलिउड हिरोइन सोनाक्षी सिन्हा आइपुग्दा स्वागत गर्न नेपाली सेनाका जर्नेल नै पुगे । अर्की अभिनेत्री मलाइका अरोरालाई पनि सेनाले विमानस्थलमा नै स्वागत गर्यो ।  सैनिक श्रीमती संघ नेपालको आयोजनामा यी दुई बलिउड सुन्दरीको शनिबार टुंडिखेलमा भएको कन्सर्टमा समेत सेनाले आवश्यकताभन्दा बढी कर्मचारी खटाएको थियो । कान्तिपुर दैनिकमा खबर छ। सोनाक्षीलाई स्वागत गर्न सहायक रथी समीर शाही पुगेका थिए। उनी गौरचणस्थित इन्जिनियरिङ निर्देशनालयका निर्देशक हुन्। सुरक्षा मामिलाका जानकारले यो कार्यलाई सेनाको प्रतिष्ठा घटाउने र मनोबल गिरोउने भनी टिप्पणी गरेका छन् । 
Loading...