Latest News

कांग्रेस नेताको घरबाट खोसियो पीडितको ठुलै परिमाणमा राहत सामग्री !!!

काठमाडौ । भूकम्प पीडितका लागि आएको राहतमा अनियमितता भइरहेको खबर सार्वजनिक भइरहँदा काठमाडौको बुढानिलकण्ठ चुनिखेलका स्थानीयवासीले कांग्रेसका स्थानीय नेताको घरबाट राहत सामग्री खोसेका छन् ।
नेपाली कांग्रेसका वडा समिति सभापति हरीराम श्रेष्ठ लगायतका घरबाट राहत सामग्री स्थानीयले कब्जा गरेका छन् ।
पीडितका नाममा आएको राहत पार्टी कार्यकर्तालाई मात्र बाँडेको आरोप लगाउँदै स्थानीयबासीले राहत सामग्री कब्जा गरेका हुन् ।
भूकम्पपीडितका लागि आएको राहत नेताहश्रले घरघरमा लुकाएर राखेर आफ्ना कार्यकर्तालाई बाँड्ने गरेको भन्दै कब्जा गरिएको स्थानीयले जनाएका छन् ।
नवपुर क्लवले राजनीतिक दलका स्थानीय नेताका घरबाट त्रिपाल, कम्बल, चामल लगायतका सामग्री खोसेका छन् । जफत गरिएको सामग्री छलफल गरेर बाँडिने उनीहरुको भनाई छ ।
वडा सभापति श्रेष्ठले १५ नम्बर वडाका लागि नेपाली कांग्रेस ४ नम्बर क्षेत्रका सभापति नुत्सेनारायण श्रेष्ठले ल्याएको राहत सामग्री आफूले बाँड्न खोज्दा खोसिएको बताए ।
nepalsandesh
Loading...