Latest News

सिंहदरबार धक्का दिन आएको आफैले धक्का खाए, महन्थ र हृदयश हराए,उपेन्द्र र राजेन्द्र महत्तोबीच विवाद चुलियो

‘बेमौसमी बाजा’ बजाएर अरुलाई धक्का दिन्छु  भन्दै उचालिएका मधेशी गठबन्धनका नेताहरुले अन्तत हिस्स वूढी खिस्स दाँतको अवस्थामा पुगेका छन । एक लाखको संख्यामा  जिल्ला–जिल्लाबाट कार्यकर्ताहरु उतारी  सिंहदरबारलाई चारैतिर घेराबन्दीमा पारी सरकारलाई धक्का दिने भाषण गर्दै हिँडेका गठबन्धनका नेताहरु त्यतिखेर चिल्लिए जतिबेला उनीहरुले तीन हजारको संख्यामा समेत नेता कार्यकर्ता सडकमा उर्तान सकेनन ।

यसरी सिंहदरवारलाई धक्का दिन हिडेका नेताहरुले आफैले धक्का खानुको पछाडि आन्दोलनको नेतृत्व कस्ले गर्ने भन्ने जुँगाको लडाइले काम गरेको बताइन्छ । राजेन्द्र महत्तो,उपेन्द्र  यादव,महन्थ ठाकुर, हृदयश त्रिपाठी बीच तिव्र विवाद हुँदा आन्दोलन सुरु नै नभई तुहिएको विश्लेषण गर्न थालिएको छ । कतिसम्म भने सिंहदरवारलाई धक्का दिने आन्दोलनको अघिल्लो दिननै हृदयश जिल्ला तिर हानिनु र महन्थ ठाकुरको अनुहार आन्दोलनको कार्यक्रममा नदेखिनुले पनि गठबन्धनका नेताहरु बीच विवाद चुलिएको कुरा प्रष्टै हुन्छ । 

यता, सिंहदरबारलाई धक्का दिन गरेको उक्त आन्दोलनमा  भनेजस्तो सहभागिता नभएपछि गठबन्धनका नेताहरुबीचको विवाद थप उत्कर्षमा पुगेको छ । उपेन्द्र यादव र राजेन्द्र महतोले आन्दोलनमा न्यून जनसहभागिता रहनुमा एकअर्काको टाउकोमाथि दोष थोपर्न थालिएको छ  । यसले गठबन्धनका नेताबीचको तिक्तता अझ बढेको देखिएको छ ।  नेताहरुका यस्तै चरित्रका कारण राजधानी आएका  केही सय कार्यकर्ताहरुको दुःख वालुवामा पानी हुने भएको छ । यता,राजेन्द्र महतोले सम्हालेको मोर्चामा तीन सयको हाराहारीमा   आन्दोलनकारी रहेको र उपेन्द्र यादवले सम्हालेको मोर्चामा १८ सय देखि दुई हजारका हाराहारीमा कार्यकर्ता रहेको विश्लेषण प्रहरीले गरेको छ । 
Loading...