Loading...
काठमाण्डु, ९ जेठ– नेपाल सरकारले पर्दा पछाडिबाट भारत र चीनबीच युद्ध गराउन खोजेको भन्दै भारतीय संचार माध्यमले समाचार छापेका छन् । भारतीय चर्चित अनलाइन न्युज २४ ले यसो गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विनाश निम्त्याउन खाजेको समेत बताइएको छ । नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भनेको भन्दै समाचारमा भनिएको छ, ‘नेपाल सरकार भारत र चीनबीच पर्दा पछाडिबाट युद्ध गराउन खोज्दै छ । यसो गर्नाले ओली सरकारले नेपालको विनासलाई निम्ता दिइरहेका छन् ।’ साथै बाबुरामले भारत र चीनबीच कुनै रामे सम्बन्ध रहेको र त्यसबाट नेपालले पनि फाइदा लिनुपर्ने बताएको समाचारमा उल्लेख छ । तर, उनले यी सबै कुरा कहाँ, कुन कार्यक्रममा भने भन्ने भने खुलाइएको छैन ।
Loading...
Social Buttons