Latest News

बिदेशीले कब्जामा लिए नेपालको जलविद्युत

९ जेठ, काठमाडाैं । अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकौदेखि नदी तथा खोला कब्जामा राखेका छन् ।
बिजुली उत्पादन नहुदाँ नेपालीे भने दैनिक १५ घण्टासम्म लोडसेडिङ झेल्दै अध्यारोमा बाच्न बाध्य छन् । लगानीमैत्री वातावरण अभाव, तरल राजनिति, फितलो कानुन, अनुगमनमा सरकारको गैरजिम्मेवारीले विदेशीले नदी ओगट्ने मौका पाएका हुन् ।
उर्जा मन्त्रालयले पञ्चेश्वर र सप्तकोसी उच्च बाँध बाहेक हालसम्म १२ हजार ५ सय २४ मेगावात क्षताका आयोजनाको अनुमति बाँडेको छ ।
यीमध्ये करिब ८५ प्रतिशत विदेशी कम्पनीले लिएका छन् । भारत, चीनर कोरियाली कम्पनीले ठुला आयोजना बनाउने नाममा नदी ओगटेर बसेका छन् ।
विदेशीले लिएका अनुमतिमध्ये ४२ प्रतिशत भारतीय कम्पनीको कव्जामा छन् । नागरिक दैनिकमा खबर छ ।
-
Loading...