Loading...
९ जेठ, एजेन्सी ,
अन्तराष्ट्रिय आतंकबादी संगठन इस्लामिक स्टेटले भारतमा भएका मुस्लिम हत्याको बदला लिने चेतावनी दिएको छ ।
भारतीय युवक फहाद शेखलाई अघि सारेर भारतमा मुस्लिमको हत्याको बदला लिने चेतावनी इस्लामिक स्टेटले दिएको हो ।
आइएसमा आवद्ध भारतीय आतंकबादी युवक फाहद शेख जहरले हातमा तरवार लिएर भारतको बाबरी मस्जिद, कश्मिर, गुजरात र मुजफ्परुनगरमा मारिएका मुसलमानको मृत्युको बदला लिने उद्घोष गरेका छन् ।
भारत महाराष्ट्रको ठाणेका ती युवक सन् २०१४ मा भारत छोडेर सिरिया पुगेका थिए । २२ मिनेट भिडियो जारी गर्दै उनले भारतलाई या त इस्लाम कबुल गर्न या त नरसंहारका लागि तयार रहन चेतावनी दिएका छन् ।
केही समय अघि मात्र भारतले चीनसँग इस्लामिक स्टेट लडाकु संगठनसँग लड्नका लागि सहयोग मागेको थियो । जैश-ए-मोहम्मदका प्रमुख मौलाना मसूद अजहरको मुद्धामा चीनले यस अघि संयुक्त राष्ट्रसंघमा विरोध गरेको थियो । उक्त मुद्धामा भारत र चीनबीच असमझदारी पैदा भएको थियो । चीनले भिटो लगाएपछि भारतले यस विषयमा राष्ट्रसंघमा आपत्ति समेत जनाएको छ ।
तर भारतले अव आएर चीनसँग इस्लामिक स्टेटसँग लड्नका लागि छिमेकी देशको मद्दत मागेको हो । इस्लामिक स्टेटका सदस्यको जाँच बुझका लागि भारतले चीनसँग सहयोग मागेको हो ।
Loading...
Social Buttons