Latest News

माउन्ट एभरेष्ट होइन विश्वको सर्वोच्च शिखर – अन्तराष्ट्रिय मिडिया

 काठमाडौं – सगरमाथा विश्वकै अग्लो हिम शिखर होइनभन्दा तपाईलाई आश्चर्य लाग्ला । तर विश्वमा भएको नयाँ खोजपछि अहिले सगरमाथाभन्दा अग्लो हिमालको चर्चा छ ।

द इन्डिपेन्डेन्ट मा छापिएको रिपोर्टमा भनिएको छ, इक्वेडरको चिमवोराजो हिमाल सगरमाथाभन्दा अग्लो रहेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् । वैज्ञानिकहरुका अनुसार सगरमाथाबाट अन्तरिक्षको दूरी जति टाढा छ । चिमवोराजोबाट त्यति टाढा छैन् ।

त्यसैकारण पृथ्वी र अन्तरिक्षबीचको दूरीलाई आधारमान्दा चिमवोराजो अग्लो हुन आउँछ । तर परम्परागत मापदण्डमा अझै पनि सगरमाथा नै विश्वको सर्वोच्च शिखर हो । सगरमाथा समून्द्री सतहबाट ९ हजार मिटरमाथि छ । जसको अर्थ यो आफ्ना प्रतिस्पर्धी हिमालभन्दा धेरै अग्लो हो ।

पृथ्वीको अनौठो आकारका कारण इक्वेडरको हिमालबाट अन्तरिक्ष नजिक हुन गएको हो । तर समून्द्री सतहबाट नाप्दा सगरमाथालाई चुनौति दिने अर्को हिमाल विश्वमा छैन् । तर यदी पृथ्वीको केन्द्रबाट मापन गर्ने हो भने चिमवोराजो संसारकै अग्लो हिमाल हुन आउँछ । अनौठो कुरा पृथ्वीको केन्द्रबाट नाप्दा सगरमाथा विश्वकै अग्ला २० हिमालको सूचिमा पनि पर्दैन ।

पृथ्वीको सबै भूभाग उस्तै नभएका कारण यस्तो देखिएको हो । यि सबै तथ्यहरुका बाबजुद सगरमाथा विश्वकै अग्लो र आरोहणका लागि सर्वाधिक कठीन हिमाल रहेकोमा भने कुनै विवाद छैन् ।

Loading...