Loading...
काठमाण्डु, १९ जेठ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रै सरकारले ल्याएको बजेट लोकप्रिय रहेको भन्दै विपक्षमा नजान चर्को दबाब परेको तथ्य खुलेको छ ।
पर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता डा. रामशरण महतले मंगलबारको संसद बैठकमा सो खुलासा गरेका हुन् । महतका अनुसार लोककल्याणकारी राज्यको अवधारणाअनुसार बजेट आएको र र जनताले मन पराएको भन्दै कांग्रेस नेताहरुले नै राम्रो कामलाई साथ दिनुपर्ने बताएको र राम्रो कामको विरोध गर्न नहुने भनेका हुन् । ‘कांग्रेसकै सांसदले मलाई अर्थमन्त्री हुँदा बजेट राम्रो नल्याएको भन्दै गम्भीर प्रश्न उठाए, व्यवस्थापिका संसदमा मंगलबार बजेटमाथिको सामाइन् छलफलमा महतले भने ।
राजधानी दैनिकबाट
Loading...

Social Buttons